Aamsanchar

भविष्यका पाँच आविष्कार जसमा एक मानिसको औसत आयु १ सय २० वर्ष बनाउने औषधी 

Author Image
शनिवार, कार्तिक १२, २०७९

संसारमा मर्न कसैलाई पनि रहर लाग्दैन। सबै मानिस इच्छाए अनुसार बाँचीरहूँ भन्‍ने चाहन्छन्।

सायद यही चाहनालाई मध्य नजर गर्दै विज्ञान र वैज्ञानिकहरुले नयाँ यस्तो औजारको निर्माण गर्नमा जुटेका छन् जसले मानिसको जीवन अमर बन्‍न सकोस। यसको माध्यमबाट आफ्नो उमेर बढाउन सकियोस। भविष्यमा वैज्ञानिकहरुले के के औजारहरुको निर्माण गर्दैछन् त ?

वैज्ञानिकले यस्तो औषधि बनाउन लागेका छन् जसको माध्यमबाट मानिसले आफ्नो उमेर बढाउन सक्नेछन्। यदि उनीहरुको खोज सफल भए  यो औषधि विश्‍व बजारमा उपलब्ध हुने दाबी गरिएको छ। यसले मानिसको औसत आयु एक सयदेखि १ सय २० वर्ष हुनेछ जो अहिले ७८ देखि ८२ वर्षका छन्।

२, इनफ्युजिङ योङ ब्लड टू ओल्ड

तपाईले सुन्‍नु भएकै होला की पिचासले रगत पिएर आफ्नो उमेर बढाउने गर्थे। यही तरिकाको आविष्कारमा अब वैज्ञानिकहरु जुटेका छन्। वैज्ञानिकहरुले एउटा बुढो मुसालाई केही समयसम्म रगत चढाएको थियो।

फलस्वरुप उक्त बुढो मुसा एक महिना बढी बाचेको थियो। यसैको आधारमा वैज्ञानिकहरुले यो खोजलाई निरन्तर जारी राखेका छन्। यदि यो खोजले सफलता पाएमा आउने समयमा जवान मानिसको रगत लिएर बुढो मानिस पनि जवान हुन सक्छ।

३, अंग उत्पादन गर्ने ल्याब

यदि कुनै व्यक्तिको कुनै अंग खराब भएमा वा बिग्रिएमा त्यसको ठाउँमा अर्को अंग लगाउन अरु कसैले दान दिनुपर्छ।

तर अब आउने समयमा मानिसले शरीरको कुनै अंग बिग्रिए वा खराब भएमा नयाँ अंग उत्पादन गर्ने ल्याब बनाउने वैज्ञानिकहरुले कोसिस जारी राखेका छन्। यो सफल भएमा मानिस आफ्नो शरीरको नयाँ अंग प्रत्यारोपण ल्‍याबबाट पाउन सक्‍नेछन्।

४, अंगहरुको थ्रीडी प्रिन्टिङ

थ्रीडी प्रिन्टिङको आविष्कार विज्ञान जगतमा धेरै ठूलो क्रान्तिको रुपमा लिइन्छ। अब वैज्ञानिकले थ्रिडी प्रिन्टिङको माध्यमबाट मानव शरीरको अंगको प्रिन्टिङमा अनुसन्धान गरिरहेका छन्। यदि यो अनुसन्धान सफल भएमा तयारी अंग नै मानिसले थ्रीडी प्रिन्टिङबाट पाउन सकिन्छ।

५,साइब्रग

दिनप्रतिदिन करीब ३ सय मानिस खराब अंगको कारणले मर्ने गर्दछन्। किनकी उनीहरुले सही समयमा सही अंग पाइरहेका हुँदैनन्। यही कुरालाई ध्यानमा राख्‍दै वैज्ञानिकहरुले मानिसको अंगको ठाउँमा मेसिन लगाउने विषयमा खोज गरिरहेका छन्।

यदि यो प्रयोग र खोफझ सफल भएमा आउने भविष्यमा आधा मानिस र आधा मेसिन भएको देख्‍न सकिनेछ। यसलाई साइब्रग भिन्छ। वैज्ञानिकका अनुसार यो साइब्रगले मानिसको खराब भएको अंगको विकल्पमा उपयुक्त प्रयोग हुनेछ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 419

प्रतिक्रिया (०)

सम्बन्धित खबर