Aamsanchar

ह्वात्तै बढ्यो सुनको भाउ

Author Image
आइतवार, कार्तिक २०, २०७९

काठमाण्डाै – सुनको भाउ आज एकैदिन तोलामा १ हजार ४ सय रुपैयाँले बढेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा ९४ हजार ५ सय रुपैयाँ तोकेको छ ।

यो अस्ति शुक्रवारको भाउभन्दा १ हजार ४ सय रुपैयाँले धेरै हो । अस्ति सुनको भाउ तोलामा ९३ हजार १ सय रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । ५० रुपैयाँले बढेर चाँदीकाे भाउ आज तोलाको १ हजार २ सय ७५ रुपैयाँमा पुगेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 189

प्रतिक्रिया (०)

सम्बन्धित खबर