Aamsanchar

कनकाई नगरमा डोजर कारवाही सुरु 

Author Image
आइतवार, कार्तिक २०, २०७९

कनकाई । झापाको कनकाई नगरपालिका सुरुंगा स्थित एक तिन तल्ले घर डोजर लगाएर भत्काईएको छ ।
सुरुंगा देखि भारतको सिमाना सम्म जोडिने  अमरपथ सडक निर्माण भइरहेको र उक्त सडक क्षेत्र भित्र बनेका भौतिक संरचनाहरू हटाउने क्रममा नगरपालिकाले आज उक्त घर डोजर लगाएर भत्काई दिएको हो ।

गत वर्ष नै सडक क्षेत्र भित्र परेको संरचना हटाई दिन घरधनीहरूलाई नगरपालिकाले आग्रह र अनुरोध गरेको थियो । सो क्षेत्रमा दर्जनौं घरहरू सडक क्षेत्रमा परेका थिए अरु घरधनीहरुले आफै आफ्नो घरहरू सडक बाट हटाएको तर घर धनी पदम प्रसाईँले अटेर गरेर नगरपालिकालाई मुद्दा हालेका थिए । अदालतले घरधनी प्रसाईँलाई सडकमा परेको घर हटाउन आदेश दियो । त्यसपछि पनि घर हटाउन अटेर गरेर प्रसाईं सर्वोच्चमा पुगे तर सर्वोच्चबाट  निषेधाज्ञा कार्यन्वयन भएन र नगरपालिकालाई घर हटाउन स्टे आडर प्राप्त भए पछि ३५ दिने सूचना टाँस गरिएको थियो । उक्त सूचनालाई पनि प्रसाईँले व्यवस्था गरेकाले आज नगरपालिकाले  उनको घर भत्काएको नगरप्रमुख राजेन्द्र कुमार पोखरेलले बताए ।

नगर प्रमुख पोखरेल ।

कनकाई नगरलाई नमूना नगर बनाउने  योजनाहरू बनाइको छ । सो काम अन्तरगत पहिलो मुख्य काम फराकिलो सडक सञ्जाल पर्छ र  अन्य सडक क्षेत्रमा पनि केही भौतिक संरचनाहरू रहेको छ ति संरचनाहरूलाई पनि छिट्टै हटाइने नगरप्रमुख पोखरेलले बताए ।

घर भत्काउन डोजर सञ्चालन हुनु भन्दा अघि नै स्थानीय नागरिकहरूको बाक्लो उपस्थिति रहेको थियो । उपस्थित नागरिक हरूले घर भत्काउन सुरु भएपछि ताली बजाएर नगरप्रमुख लाई धन्यवाद दिएका थिए । उनीहरूको भनाई थियो । विकासको काममा कोही पनि बाधक बन्नु हुदैन । हामी सबैले मेयरलाई  पटक पटक किन यो घर सडकबाट हटाउँदैन भनेर प्रश्न गरिरहेका थियौ आज आफै उपस्थित भएर संविधानले दिएको अधिकार प्रयोग गर्नु भएको छ हामी खुशी छौं स्थानीय हरिप्रसाद सेढाईंको भनाई छ ।

कनकाई नगर क्षेत्र भित्र रहेको अमरपथ सडक अन्य सबै ठाउँमा निर्माण भई सकेको छ । सुरुङ्गा बजारमा भने विजुली टेलिफोनको पोल सार्ने काम प्राधिकरण बाट ढिला भएको र आज भत्काइएको र का कारण सडक निर्माणको काम रोकिएको थियो । सडक निर्माण नहुदाँ स्थानीय हरुले धुलो र असहज आवगमनको समस्या भोग्दै आएका छन् ।

झापामा पहिलो पटक कनकाई नगरपालिकाले डोजर लगाएर यसरी ठूला संरचना हटाउने कामको थालनी गरेको छ ।

भिडियो पनि हेर्नुहोस् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 3

प्रतिक्रिया (०)

सम्बन्धित खबर