Aamsanchar

नेतृ सीता दाहालको स्वास्थ्य अवस्था जटिल

Author Image
सोमवार, कार्तिक २१, २०७९

काठमाडौं । नेकपा ( माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी नेतृ सीता दाहालको स्वास्थ्य अवस्था जटिल बनेको छ ।

ललितपुरको मेडिसिटी अस्पतालमा अहिले उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ । सीतालाई शनिबार भर्ना गरिएको थियो । उनी लामो समयदेखि जटिल रोग पार्किन्सनबाट पीडित छन् । यस अघि १५ दिन अस्पतालको बसाइपछि सीतालाई कात्तिक १४ गते डिस्चार्ज गरिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 214

प्रतिक्रिया (०)

सम्बन्धित खबर