Aamsanchar

आज रेडियोग्राफी दिवस, कसले आविश्कार गरेका थिए त !

Author Image
मङ्गलवार, कार्तिक २२, २०७९

पृष्ठभूमि
हरेक वर्षको नोभेम्बर ८ मा विश्व रेडियोग्राफी दिवस मनाइन्छ, विलहेल्म रोईन्टेनले सन् १८९५ मा आजकै दिन रेडियोग्राफीको आविष्कार गरेका हुन् । रेडियोग्राफीलाई सामान्यतया हामी एक्स९रे अथवा विकिरण भनेर बुझ्दछौँ र आधुनिक सरल चिकित्सा प्रणालीमा यसको ठुलो महत्त्व छ । धेरै जनाले रेडियोग्राफीलाई आफ्नो जीवनको लक्ष्य अथवा करियरका रूपमा लिएको पाइन्छ, हामी अस्पताल जाँदा हाम्रो एक्स-रे गर्ने रेडियोग्राफी देखि हाम्रो एक्स-रे को रिपोर्ट बनाउने डाक्टर, एम आर आई, सिटी स्क्यान, अल्ट्रासाउन्ड, इकोकार्डियोग्राफी र एनजिओग्राफीजस्ता अत्याधुनिक एक्स-रे उपकरणहरू सञ्चालन गर्ने प्राविधिकहरू यस प्रविधिको उदाहरणीय सारथि बनी सक्रिय छन् ।

यस दिन किन मनाइन्छ ?
विश्वभरका रेडियोग्राफरहरूले रेडियोग्राफीलाई क्यारियरको रूपमा प्रवर्द्धन गर्न, आधुनिक स्वास्थ्य सेवामा महत्त्वपूर्ण योगदान र निदान इमेजिङ र विकिरण थेरापीको जनचेतना बढाउने मौकाको रूपमा यस दिनलाई विश्वभरि नोभेम्बर ८ तारिखमा मनाउने चलन छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 151

प्रतिक्रिया (०)

सम्बन्धित खबर