Aamsanchar

गायिका जेरीको सम्बन्धको गाँठो चुडियो

Author Image
आइतवार, कार्तिक २७, २०७९

काठमाडौं। गायिका बबिता बानियाँ (जेरी)  को वैवाहिक जीवन टुक्रिएको छ । जेरीको उपनामले लोकप्रिय गायिका बानियाँ र उनका श्रीमान् संगीतकर्मी शंकर क्षेत्रीले औपचारिक रुपमै आफ्नो वैवाहिक जीवन टुंग्गाएका छन् ।

यो सांगीतिक जोडी करिव साढे दुई वर्षअघि वैवाहिक जीवनमा बाँधिएको थियो । पाँच वर्ष लामो प्रेम सम्बन्धलाई उनीहरुले साढे दुई वर्षअघि विवाहको रुप दिएका थिए ।

बिडम्बना, वैवाहिक जीवन प्रारम्भ भएसंगै उनीहरुको सम्बन्ध बिग्रन थाल्यो । फलस्वरुप, उनीहरुले एक–अर्काबाट छुट्टिने निर्णय गरे ।
अन्ततः बिहीबार काठमाडौं जिल्ला अदालत पुगेर जेरी र शंकरले सम्बन्ध विच्छेद गरेका छन् ।

भनिन्छ, सम्बन्ध विच्छेदको केही दिन अघिसम्म पनि गायिका बानियाँ आफ्नी छोरीका लागि भए पनि वैवाहिक सम्बन्धलाई टिकाउन चाहिन्थन् । त्यसका लागि उनले आफ्नो तर्फबाट प्रयास समेत गरेकी थिइन् । यद्यपि, श्रीमान शंकरले नै जेसीसंगको सम्बन्धलाई निरन्तरता दिन नचाहेको बताइन्छ ।

सम्बन्ध विच्छेद भैसकेपछि गायिका बानियाँले आफ्ना पूर्व श्रीमानले आफूलाई मानसिक तथा शारीरिक यातना दिएको आरोप लगाएकी छिन् । पूर्व श्रीमानले आफूलाई सधैँ नराम्रो नजरले हेर्ने गरेको, मैले कमाएको धन उनिहरुको नाममा राख्नु पर्ने दवाव दिइएको गायिका बानियाँको आरोप छ ।

गायक क्षेत्रीले भने सहमति मै सम्बन्ध विच्छेद भएको बताएका छन् । उनीहरुकी छोरीको लालनपालन खर्च शंकरले गर्ने तथा बालिग नहुञ्जेल आमासंगै रहने सहमति भएको बताइन्छ । जेरी र शंकरबीच २०७६ साल माघ १ गते विवाह भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
2
Views: 561

प्रतिक्रिया (०)

सम्बन्धित खबर