Aamsanchar

झापा बुद्धशान्तिमा प्रतिबन्धित लागुऔषध सहित एक जना पक्राउ

Author Image
आइतवार, कार्तिक २७, २०७९

झापा । झापाको बुद्धशान्ति गाउँपालिका(३ बाट प्रतिबन्धित लागुऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कचनकवल गाउँपालिका–१ झापा घर भई बुद्धशान्ति–३ मा बस्दै आएका ३१ बर्षीय मोहमद हुसेन रहेका छन ।

हिजो राती ९ बजे लागुऔषध नियन्त्रण व्युरो काकरभिट्टा, इलाका प्रहरी कार्यालय धुलाबारी र बुधबारेबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा हुसेनको साथबाट १०२ ग्राम ब्राउन सुगर बरामद गरेको हो भने मेचीनगर–८ का बिकाश राजबंशीको कोठामा लुकाई राखेको २५ ग्राम २५० मिलि ग्राम ब्राउनसुगर र डिजिलट तराजु १ थान समेत बरामद गरेको हो । प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका हुसेनको इलका प्रहरी कार्यालय धुलाबारीबाट थप अनुसन्धान भईरहेको र बिकाश राजबंशी घरकोठामा नरहेकोले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 143

प्रतिक्रिया (०)

सम्बन्धित खबर