Aamsanchar

बिर्तामोडमा नयाँ लायन्स क्लव, अध्यक्षमा श्रेष्ठ 

Author Image
सोमवार, कार्तिक २८, २०७९

बिर्तामोड । झापाको बिर्तामोडमा लायन्स क्लबको नयाँ शाखा स्थापना भएको छ ।  आज एक औपचारिक कार्यक्रमको बिच लायन्स क्लब अफ गोल्डेन ड्रिम्स नामक सामाजिक संस्थाले औपचारिकता प्राप्त गरेको हो ।

लायन्स क्लव अफ वीरता लेडीको प्रस्तावमा आज लायन्स क्लब अफ गोल्डेन ड्रिम्सले अधिकारिकता प्राप्त गरेको छ ।

लायन्स क्लव अफ वीरता लेडीकी अध्यक्ष नम्रता रिजालको अध्यक्षतामा आयोजित पदस्थापना समारोहमा प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशन ३२५ सी का डिस्ट्रिक्ट गर्भनर धिरज गुरुङले लायन्स क्लब अफ गोल्डेन ड्रिम्सलाई शाखा सञ्चालनको प्रमाण पत्र वितरण गरेका थिए ।

२७ जना सदस्य रहेको गोल्डेन ड्रिम्सको संस्थापक अध्यक्ष गंगा श्रेष्ठ बनेकी छन् । उनीसँगै कार्यकारी समितिमा प्रथम उपाध्यक्ष दीपा ओली, दोस्रो उपाध्यक्ष रेनुका महतो, तेस्रो उपाध्यक्ष जस्मिन लिम्बु, सचिव विनिता तामाङ र कोषाध्यक्ष किशोर श्रेष्ठलाई  डिस्ट्रिक्ट गर्भनर धिरज गुरुङले सफत ग्रहण गराएका थिए ।

गोल्डेन ड्रिम्सको साधारण सदस्यहरूमा हेलन खरेल, अनिता चुडाल, सरिता मैनाली, भिमप्रसाद कडरिया, निरज खरेल, रविन थपलिया, सानी घिमिरे, लोकमाया लम्साल, श्वेता मैनाली, आशा पोखरेल, सीता देवी पाठक, मिरा देवी ओली, जमुना अर्याल, खगेन्द्र पौडेल, प्रभा पौडेल, सूर्य सापकोटा, सम्झना दाहाल, अमर श्रेष्ठ, शान्ति तामाङ श्रेष्ठ, टीका देवी सुवेदी र  प्रेम कुमार भट्टराईलाई पनि गर्भनर गुरुङले सफत खुवाएका थिए ।

्प्रमुख अतिथि डिस्ट्रिक्ट गर्भनर धिरज गुरुङ । 

कार्यक्रममा प्रमुख अतिथि धिरज गुरुङ, आईडिजी रेवत कार्की, सेकेण्ड भाईस डिस्ट्रिक गर्भनर विकास अधिकारी, क्याबिनेट सेक्रटरी लिला प्रसाद चिमरिया, क्याबिनेट ट्रेजर बबरजंग थापा, एरिया १ का चिफ सत्यनारायण शर्मा लगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा नव नियुक्त अध्यक्ष गंगा श्रेष्ठले संस्था स्थापना गर्न महत्वपूर्ण सहयोग गर्ने शैलेन्द्र कुरुङवाङ, सुजन थापा, मनोज बस्नेत, सत्यनारायण शर्मा, लिला प्रसाद चिमरियालाई, दुर्गा थपलिया र नम्रता ढकाललाई विशेष धन्यवाद दिएकी थिइन ।

रेनुका महतोले स्वागत गरेकी थिइन भने कार्यक्रम सञ्चालन विनिता तामाङले गरेका थिइन । कार्यक्रममा विभिन्न स्थानमा रहेका शाखा अध्यक्ष र प्रतिनिधि गरेर करिव १ सय जनाको उपस्थिति रहेको थियो ।

अध्यक्ष गंगा श्रेष्ठ ।

गोल्डेन ड्रिम्सकी अध्यक्ष गंगा को हुन् । 

ताप्लेजुङ जिल्लाको लिम्बुदिनमा बिक्रम सम्वत २०५३ साल साउन ११ गते माता हरिमाया र पिता रामप्रसाद श्रेष्ठकी कान्छी छोरीको रुपमा जन्मिएकी एक मेघावी, लगनशिल, सानै उमेरदेखि सामाजिक सेवा प्रति आर्कशित बन्दै मानविय सेवामा समर्पित संस्था रेडक्रम बाट सामाजिक कार्यको थालनी गर्दै विभिन्न संघ संस्थामा आवद्ध रहेर सामाजिक कार्य गर्दै आफूले गरेको सामाजिक कार्य आफ्नो जीवनको एक साध्य ठान्ने व्यक्ति हुन गंगा श्रेष्ठ ।

पाँचथरको थर्पुमा रहेको साईनिङ स्टार अंग्रेजी स्कुलबाट प्रार्थमिक शिक्षा हासिल गर्दै भज्याङ मावीबाट एसएलसी सम्मको पढाई सकेर पढाईको प्यास नमेटिएपछि  आफ्नो जन्म स्थललाई सम्झनामा संगाल्दै झापा बिर्तामोडको कोहेड कलेजमा कक्षा ११ र १२ सम्मको अध्ययन श्रेष्ठले पुरा गरेकी छन् । त्यसपछि त्यती पठाईले मात्र उनको पढने इच्छा पुरा नभएपछि शिक्षा र रोजगरीको अवसर खोज्दै उनि काठमाण्डौं पुगिन ।

नारी शक्ति पुरुष भन्दा कमजोर हुदैनन, नारीले पनि पुरुष सरह केही गर्न सक्छन, लक्षमा पुग्न सक्नेछन् भन्ने कुरालाई समाजमा आत्मविश्वाशिलो र दृढ संकल्पित सावित गर्ने   लक्षको यात्रामा उनले धेरै समकालिनहरुलाई छोडदै अघि बढिन ।

व्यवसायिक जीवन ले आफू र देशलाई आर्थिक रुपमा टेवा पुर्याउन सकिन्छ । त्यसका लागि केही गर्नु पर्छ भनेर सन् २०१४ मा सानो किराना पसलबाट व्यवसायिक जीवन सुरु गरेर आज सम्म आई पुग्दा उनले धेरै व्यसायिक आयामहरुलाई बुझन र अनुभव गर्न गंगा सफल बनेकी छन् । त्यसका लागि विभिन्न कालखण्डमा धेरै दुख र मेहनत उनले गर्नु पर्यो । काठमाडौं बसाईको क्रममा कोरियन भाषाको ज्ञान हाशिल गरेर उक्त भाषाको नेपाली अंग्रेजी अनुवाद गर्ने काम गरिन । संग संगै उनले नेपाली हस्तकला द्वारा निर्मित सामानहरुको व्यापार थालिन । व्यापार गर्ने क्रममा कोरियन भाषालाई आफ्नै मात्री भाषा जस्तै गरि शुद्ध उचारण गरेको देखेर एक कोरियन पर्यटक लिकिभले उनलाई कोरियामा व्यापार गर्न आउन आग्रह गरिन । ति कोरियन नागरिकले सहयोग पनि गरिन । उनको सहयोग कै कारण गंगाको व्यवसाय नेपालमा मात्र होइन कोरियामा पनि हुने अबसरको ढोका खुल्यो । सन् २०१५ मा गंगाले ७ लाख ५० हजार लगानी गरेर कोरियाको खेन्जो भन्ने ठाउँमा आयोजित एक्सपोे मा हस्तकलाका सामाग्रीहरु बिक्री गरिन, त्यस पछि नेपाली चिया, कृषि बस्तुहरुको व्यापार लिएरु कोरियाको थेगु भन्ने ठाउँमा आयोजित पर्दशनी स्थलमा गंगाको उपस्थिती रहयो ।  त्यसपछि गंगाले क्रमस् कोरियाकै थाम्याङ, इटाली, डेनमार्क, जर्मनी, कोपन हेगनलगायतका मुलुकमा आयोजित एक्सपोहरुमा व्यापार गरेकी थिईन ।

देश दुनियालाई बुझने क्रममा थाईल्याण्ड, स्वीजरल्याण्ड, नर्वे, स्वीडेन, जर्मनी, इटाली, फ्रान्स, जापान, भारत, चाईना, स्पेन, टर्की, ताईवानलगायत दर्जनौ देशको भ्रमण गरिसकेकी छन गंगाले ।
२०२० मा ताईवानमा पनि आफ्नो व्यवसायलाई पुर्याउन सफल भएकी थिईन ।  उनको वैदेशिक व्यापारिक यात्रा चल्दै गरेको अबस्थामा कोरोना महामारी सुरु भयो त्यसपनि उनको अन्तरदेशिय व्यापार ठप्प बन्न पुग्यो, त्यसपछि गंगालाई लाग्यो अब आफ्नै देशमा बसेर व्यापार गरौं र संगसंगै सामाजिक कार्यमा पनि सक्रिय बनौं । त्यही सोचलाई सार्थक बनाउन विगत एक बर्ष देखि गंगाले झापाको बिर्तामोड स्थित मेघा कम्पेक्समा थाईलेण्ड र चाईनाका कपडाहरु आयात गरेर बिक्री गर्दै आएकी छन् ।

बिर्तामोडमा रहेर व्यवसाय गर्ने उनको योजना सफल भयो । तर उनिमा सानै उमेरदेखि समाज सेवा गर्ने धोको भने धित मरुन्जेल पुरा हुन सकेको थिएन । आफूले आफैलाई प्रश्न गर्दै समाजलाई केही दिन सकियोस, दुखीहरुले सहयोग महसुस गर्न सकुन, समाज सेवा गर्न एक्लै निस्कनु भन्दा समूहबाट केही गर्न सकिन्छ  सोचले गंगालाई रात दिन हच्घचाउन थलेपछि उनलाई लागेछ अब त केही गर्नु पर्छ। त्यसका लागि गंगाले बिर्तामोडमा विशुद्ध सामाजिक कार्य गर्ने संस्थाको खोजी गर्न थालिन, सोही क्रममा उनको नजरमा योग्य सामाजिक संस्था लायन्स क्लव अफ गोल्डेन ड्रिम्स ठहरियो ।   त्यसपछि उनि निरन्तर लायन्स क्लव अफ मार्फत समाज सेवामा सक्रिय बन्न थालिन, लायन्स क्लवको प्रवेश अवधी छोटो र संस्था पनि भर्खरै स्थापना भएको संस्थामा आफ्नो क्रियाशिता र क्षमता प्रस्र्पोटन राम्रै संग हुनथाले पछि उनि लायन्सकर्मी हरुको नजरमा एक योग्य नेतृत्व कर्ताको रुपमा सावित बन्दै गए पछि आज उनि यस क्लवको अध्यक्ष जस्तो गरिमामय पदमा सर्वसम्वत चयन भएकी छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
6
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 127

प्रतिक्रिया (०)