Aamsanchar

अर्जुनधाराको कालिस्थानमा महायज्ञ हुने  

Author Image
बुधवार, कार्तिक ३०, २०७९

झापाको अर्जुनधारा नगरपालिका –९ मा रहेको ऐतिहासिक कालिका पीठ कालिस्थान मन्दिरमा दशदिने संगीतमय श्रीमद् स्कन्द महापुराण आयोजना हुने भएको छ ।

कालिका मन्दिरमा १८ औं वार्षिक अनुष्ठानको अवसरमा आयोजना गरिने महायज्ञको सम्पूर्ण तयारी पुरा भएको आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा आयोजकले जनाएको छ ।

संस्थालाई दिगो तरिकाले सञ्चलन गर्न, अक्षयकोष अभिवृद्धि गर्न आयोजना गरिने पुराण सम्पन्न गर्न १५ लाख बढी खर्चको समितिले अनुमान गरेको छ। दाताहरूको दानदातव्य बाटै विकास हुँदै आएको कालिका पीठ कालिस्थानका लागि यस पुराणमा पनि दाताहरू कै सहयोगबाट  अनुष्ठान सम्पन्न गर्ने अपेक्षा रहेको कालिका पीठ कालिस्थानका अध्यक्ष तथा अनुष्ठानका संयोजक पण्डित लक्ष्मीप्रसाद पोखरेलले बताए ।

मंसिर १८ गते देखि २९ गते सम्म आयोजना हुने पुराणको वाचन स्कन्द पुराणका व्याख्याता प्राचीन र  दर्शनशास्त्रका मर्मज्ञ वेद– उदाङ्ग उपनिषत् आदि पौराणिक साहित्यका प्रकाण्ड विद्धवान चैतन्यकृष्ण ले गर्ने भएका छन् ।

महारुद्राभिषेक, नित्य हवन, तुलादान, वेद पाठ पारायण, धनधान्याचल पुजन, गोपूजन र रात्रिकालीन जागराम जस्ता धार्मिक सांस्कृतिक कार्यक्रमहरू सञ्चालन हुने अध्यक्ष पोखरेलले बताए ।

अनुष्ठान सम्पन्न गर्नको लागि विभिन्न उपसमितिहरूको संयोजनहरू तोकिएको छ । आर्थिक व्यवस्थापन संयोजकमा पीठका कोषाध्यक्ष खडानन्द खतिवडा, प्रचारप्रसार संयोजक उपाध्यक्ष डिल्लीराम दाहाल, मञ्च तथा मण्डव व्यवस्थापन सहसचिव रामप्रसाद मिश्र, पूजा समिति संयोजक राजेन्द्र अधिकारी, आपूर्ति व्यवस्थापन टंकनाथ पोखरेल, भोजन व्यवस्थापन प्रेमप्रसाद पोखरेल, पण्डाल –स्वागत द्वार –विजुली, द्धवनी यन्त्र व्यवस्थापन आयोजकमा कर्ण बहादुर तामाङ, अतिथि सत्कार तथा स्वागत समिति संयोजक पण्डित लक्ष्मीप्रसाद पोखरेल, स्वयंसेवक परिचालन मनोजसिंह गोम्देन लाई संयोजक तोकिएको छ ।
आजीवन सदस्यहरूबाट प्राप्त आर्थिक सहयोग, वार्षिक रुपमा गरिने अनुष्ठानबाट संकलित आर्थिक र मुठ्ठीदान, देश विदेशबाट धार्मिक सामाजिक व्यक्तिहरूबाट प्राप्त भएको आर्थिक सहयोगबाट हाल पीठ परिसरमा ९ करोड माथिको भौतिक संरचना तयार भई सकेको छ ।

स्थानीय समाजसेवी दलमान सिंह ( चैनपुरे बा) ले ११ कठ्ठा जग्गा दान गरेपछि २०५६  सालमा पीठ स्थापना भएको थियो । त्यस पछि विभिन्न दाताहरूले गरेको आर्थिक सहयोगबाट हाल पीठको नाममा पीठ परिसरमा ६ कठ्ठा र अर्जुनधारा १० मा १० कठ्ठा जमिन रहेको छ । १० कठ्ठामा गौशाला पाकशाला, यज्ञशाला, छात्रवास, देवालय लगायतका भौतिक संरचना निर्माण गरिएको विज्ञप्तिमा उल्लेख छ ।
२०६३ साल देखि वैदिक शिक्षालय सञ्चालनमा आएको छ । सरकारबाट कुनैपनि आर्थिक सहयोग नपाएको यस पीठले आवास सहित निशुल्क हाल ३० जना वटुकहरूलाई  वैदिक ग्रन्थको शिक्षा दिईदै आएको प्राचार्य रधुनाथ रिजालले बताए ।

कहाँ पर्छ त कालिका पीठ कालिकास्थान ?
झापाको प्रमुख व्यापारिक केन्द्र बिर्तामोड देखि शनिश्चरे बजार बाट पूर्व जयपुर सडक हुँदै शनिश्चरे बाट करिव २ किलो मिटर पूर्व उत्तर जादाँ तिनकुने सडक भेटिन्छ । सोही ठाउँबाट पूर्व लाग्नु पर्छ करिव १ किलो मिटर अगाडि बढेपछि कालिकास्थान चोक आउछ त्यस चोकबाट ५० मिटर उत्तर मा अवस्थित छ कालिका पीठ । पीठ पुग्नको लागि मेची राजमार्ग मा पर्ने ७ नंं चोकबाट पस्चिम आउदा पनि पीठमा सहज रुपमा पुग्न सकिन्छ ।

के छ त कालिस्थानको ऐतिहासिकता ?

लगभग विक्रम सम्वत २०००साल अघिदेखि नै त्याहाँ अक्षय बृक्षमुनी दैवी शक्ति रहेको जनविस्वास रहदै आएको छ । त्यो बेला वरिपरी जंगलै जंगल थियो केही फाट्ट फुट्ट मानिसहरुको बसोवास रहेको थियो । तत्कालिन राजा महेन्द्रले २०१३ सालमा ‘देश फर्क अभियान’ चलाएपछि भारत असामतिरबाट  दर्जनबढी घर परिवार आएर जंगल फडानी गरेर बस्न थालेपछि त्याहाँको जनघनत्व क्रमस बढदै गएको पाईन्छ ।
मानिसहरुको बसोबास बाक्लिदै गएपछि सोही शक्तिपीठको नामबाट गाउँको नामाकरण कालस्थिान रहन गएको भनाई छ । किम्बदत्ती अनुसार तत्कालिन सनिश्चरे गाउँपञ्चायत– मा रामानुज बैष्णव समूहका भोलाइदास नामका थारु सन्तको बसोबास थियो । उनका घरमा देश विदेशबाट विभिन्न साधु–सन्तहरु आउने जाने गर्दथे । सोही क्रममा डुल्दाडुल्दै भोलाईदासको मा आएका एक सन्तले विशाल अक्षय बृक्षमुनि कालीको प्रतिमा भेटेर नित्य पुजा गर्न थालेपछि त्याहाँका स्थानीयहरुले पनि पूजा आरधना  थालेका थिए । सोही बेला बैशाख पुर्णिमाका दिन मेला लगाउन थालेको किबदन्ती रहेको छ । २०३३ सालमा विद्धवान व्यक्तित्व योगी नरहरीनाथको सहभागिता बृहत धार्मिक सम्मेलन भएपछि योगी नरहरीनाथले शस्त्र अस्त्रहरुले सुसज्जित माता जगदम्बाले असुरहरुको बध गर्ने क्रममा कञ्चनजंगा हिकश्रृखलाबाट चालेको पहिलो पाईला ताप्लेजुङको पाथीभरामा, दोस्रो पाइलो हालको कालिका पीठ कालिकास्थानमा तेस्रो पाईलो भारतको कलकत्तामा परेको देवीभावग सप्तश्रीमा उल्लेख छ ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 360

प्रतिक्रिया (०)

सम्बन्धित खबर