Aamsanchar

बंगाली अभिनेत्री एन्ड्रिला शर्माको २४ वर्षको उमेरमा निधन

Author Image
सोमवार, मंसिर ५, २०७९

एजेन्सी – बंगाली फिल्म उद्योगकी चर्चित अभिनेत्री एन्ड्रिला शर्माको २४ वर्षको उमेरमा निधन भएको छ ।हृदयघातको कारण उनको नोभेम्बर २० अर्थात शनिबार अस्पतालमा निधन भएको हो । विगत केही दिनदेखि शर्मा कोमामा थिइन् । उनको निधनले सिंगो बंगाली उद्योगमा शोक छाएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार शर्माको अवस्था दिनप्रतिदिन नाजुक हुँदै गइरहेको थियो । नोभेम्बर १५ मा पनि उनलाई हृदयघात भयो, त्यसपछि उनको अवस्था झन् बिग्रियो। त्यसपछि उनी केही दिन भेन्टिलेटरमा थिइन् ।

उपचारको क्रममा सीटी स्क्यान रिपोर्टमा उनको टाउकोमा रगत जमेको पत्ता लागेको थियो । उनलाई २ पटक क्यान्सर भएको थियो । शर्मालाई केही दिनअघि मस्तिष्कघात भएको थियो जसका कारण उनको मस्तिष्कमा रगत जमेको थियो ।

शर्मालाई दोस्रो पटक क्यान्सर हुदाँपनि उनले हार मानिनन् । उनको क्रिटिकल शल्यक्रिया केमोथेरापीपछि चिकित्सकले उनलाई क्यान्सरमुक्त घोषणा गरेका थिए । त्यसपछि उनले अभिनयमा पुनरागमन गरेकी थिइन् । तर, एक्कासी अभिनेत्रीको स्वास्थ्य फेरि बिग्रिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

बंगाली सिनेमामा बढी देखिने उनले टिभी शो ‘झुमर’ बाट आफ्नो करियर सुरु गरेकी थिइन् । एन्ड्रिलाले भर्खरै २ ओटीटी प्रोजेक्टमा पनि काम गरेकी थिइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 211

प्रतिक्रिया (०)

सम्बन्धित खबर