Aamsanchar

महिला हिंसा अन्त्यका लागि दिवस को पृष्ठभूमि

Author Image
शुक्रवार, मंसिर ९, २०७९

अन्तर्राष्ट्रिय महिला दिवस र महिला हिंसा अन्त्य दिवस को फरक ?
अन्तर्राष्ट्रिय महिला दिवस र आजको दिनमा केही भिन्नताहरू छन् । विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस ८ मार्चमा मनाउने गरिएको छ । महिला हिंसा अन्त्य दिवस आजको दिन मनाउने गरिए पनि यो १६ दिनसम्म चल्ने कार्यक्रम हो । आजदेखि १० डिसेम्बरसम्म चल्ने विभिन्न अभियान, कार्यक्रमहरू सञ्चालन हुन्छन् ।

महिला हिंसा अन्त्य दिवस को पृष्ठभूमि
अब चर्चा गरौँ, आजको दिन विशेष के हो भन्नेबारे । आजको दिनलाई महिला हिंसा अन्त्य दिवसका रूपमा मनाउन थालिएको सन् १९८१ देखि हो । यसको पछाडि पनि कारण छ । डोमिनिकन रिपब्लिकमा तत्कालीन समयमा त्यहाँका तानासाह राफेल ट्रुलिजाले तीन महिलाअधिकारकर्मीलाई क्रूर तरिकाले हत्या गर्ने निर्देशन दिएका थिए । उनको निर्देशनअनुसार तीन मिराबल दिदीबहिनीको हत्या भएको थियो ।

यस हिसाबले यस वर्ष चाहिँ महिला हिंसा अन्त्य दिवसको ४३ औँ श्रृखला हो र यस वर्षको नारा चाहिँ UNITE! Activism to End Violence against Women & Girls हो । महिला हिंसाको अनेक अनुहारहरू भनेर यस वर्ष महिला हिंसाका प्रकार र प्रकृतिहरूलाई विशेष केन्द्रमा राखिएको छ ।

यही दिनको सम्झनाका रूपमा आज अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसका रूपमा मनाउन थालिएको हो ।

७ फेब्रुअरी २००० मा संयुक्त राष्ट्र सङ्घको महासभाले पनि २५ नोभेम्बरलाई अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसका रूपमा मनाउन औपचारिक रूपमा सुरुवात गरेको हो ।

विश्वमा कुनै न कुनै समयमा पुरुष प्रधान नेतृत्व भएकाले महिलामाथि हुने हिंसाको स्वरूप र प्रारूप, तौर र तरिकाका अनेक रूपहरू आइरहेका हुन्छन् । महिला हिंसा बाहिर मात्र होइन, घरेलु हिंसाका रूपमा पनि रहेको हुन्छ । यसको अन्त्य आजको समाज र विश्वको आवश्यकता हो ।

हाम्रो समाजमा पनि विभिन्न तौर र तरिकामा महिलामाथि हिंसा भइरहेका छन् । यसमा हाम्रो भूमिका पनि रहन सक्छ, यसको अन्त्य गर्न प्रण गरौँ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 284

प्रतिक्रिया (०)

सम्बन्धित खबर