Aamsanchar

आज एक जनामा मात्रै कोरोना संक्रमण पुष्टि

Author Image
शनिवार, मंसिर १०, २०७९

काठमाडौं :  नेपालमा शनिबार एक जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा ५ सय २६ जनाको नमुना परीक्षण गरिएको थियो। यो अवधिमा २९ जना संक्रमित निको हुँदा अब नेपालमा २ सय ९८ जना मात्रै सक्रिय संक्रमित रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नेपालमा २०७६ माघमा कोरोना संक्रमण देखिन सुरु भइ उग्र रुप लिँदा कोरोनाकै कारण १२ हजार १९ जनाले ज्यान गुमाए।

नेपालमा पहिलो पटक चीनबाट आएका धनुषाका एक युवामा माघ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 100

प्रतिक्रिया (०)

सम्बन्धित खबर