Aamsanchar

बिर्तामोडमा स्वरोजगारको १५ औं साधारणसभा सम्पन्न

Author Image
शनिवार, मंसिर १०, २०७९

बिर्तामोड ।  झापाको बिर्तामोड –५ मा मुख्य कार्यालय रहेको श्री स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्थाले १५ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । 

संस्थाले शनिवार (आज) बिर्तामोडमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष केशव बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका ज्येष्ठ नागरिक सदस्य महमद गुलावनवीको प्रमुख आतिथ्य रहेको थियो । 

वार्षिक साधारणसभाका अवसरमा संस्थाले ४८ जना व्यक्ति र तीनवटा सेवा केन्द्रलाई सम्मान गरेको छ । संस्थाले १५ जना बजार प्रतिनिधि, ८ जना आन्तरिक कर्मचारी, ४ जना पारिवारिक बचतकर्ता, ४ जना असल ऋणी, ४ जना उत्कृष्ट बचतकर्ता, ४ जना बाल बचतकर्ता,  ३ जना उत्कृष्ट खरिदकर्ता र तीनवटा सेवा केन्द्रलाई सम्मान गरेको छ । त्यसैगरी धितो प्रदान गर्ने झरेन्द्र उप्रेती, निरा उप्रेती, दीपक सिलवाल र डिल्लीमाया आचार्यसहित सञ्चारकर्मी लिलाराज झापाली र रेजिना गौतमलाई सम्मान गरेको हो । 

संस्थाका अध्यक्ष बस्नेतले प्रस्तुत गरेको प्रतिवेदन अनुसार आर्थिक बर्ष २०७८/०७९ सम्ममा ४१ हजार ३९० जना शेयर सदस्य रहेको साथै १६ करोड ६ लाख ७७ हजार २१८ रुपैयाँ ६ पैसा रहेको छ । त्यस्तै सदस्यहरूको बचत निक्षेप हिसाब ६४ करोड ८२ लाख ४ हजार २७३ रुपैयाँ ४ पैसा, सदस्यहरूलाई ऋण लगानी ८३ करोड ६० हजार ३ रुपैयाँ ५ पैसा रहेको छ भने यस आवमा संस्थाले २ करोड ४९ लाख ३२ हजार २०३ रुपैयाँ ४२ पैसा नाफा गर्न सफल भएको अध्यक्षद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । 

यो समय धेरै सहकारीहरुको बार्षिक साधारणसभा भई रहेको छ । झापामा दैनिक जसो विभिन्न सहकारीहरुको बार्षिक साधारणमा सदस्यहरुको उपस्थिती सामान्य नै देखिने गरेको छ । तर स्वरोजगारको सभामा उल्लेखनिय सदस्यहरुको उपस्थिती रहने गरेको ले  संस्था प्रति सदस्यमा आर्कषण बढदै गएको अध्यक्ष केशव  बस्नेतले बताए । 

स्वागत संस्थाका सञ्चालक समिति सदस्य गोपाल प्रसाईँले गरेको कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका प्रतिनिधि कमल खनालले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन संस्थाका सचिव मनोज भट्टराईले गरेका थिए । 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 319

प्रतिक्रिया (०)

सम्बन्धित खबर