Aamsanchar

सुनचाँदीको मुल्य आज

Author Image
आइतवार, मंसिर ११, २०७९

काठमाडौं – आज आइतबार सुनचाँदीको मूल्य स्थिर कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारकै मूल्यमा सुनचाँदीको कारोबार भइरहेको जानकारी दिएको हो ।

महासंघले आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ८०० रूपैयाँ कायम छ । यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रूपैयाँ छ । गत साताको शुक्रबार पनि यही मूल्यमा छापावाल र तेजाबी सुनको कारोबार भएको थियो ।

गत साताको बिहीबारदेखि निरन्तर नेपाली बजारमा सुनको यही मूल्य कायम छ । बिहीबार सुनको मूल्य तोलामा १ हजार रूपैयाँले बढेको थियो । यस्तै, आज चाँदीको मूल्य पनि स्थिर छ । आज चाँदीको मूल्य प्रतितोला १२ सय ९५ रूपैयाँ कायम रहेको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 263

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आज बिदेशी मुद्राको बिनिमय दर
बुधवार, वैशाख ५, २०८१
सुनको भाउ आज
सोमवार, वैशाख ३, २०८१