Aamsanchar

भोलि देखि बिर्तामोडमा नैवेध्य रेष्टुरेन्ट सञ्चालनमा आउने 

Author Image
आइतवार, मंसिर ११, २०७९

सञ्चालक राजु ढकाल ।

बिर्तामोड । झापाको बिर्तामोडमा नैवेध्य रेष्टुरेन्ट सञ्चालनमा आउने भएको छ ।

भोलि एक औपचारिक कार्यक्रम गरेर नैवेध्यको उद्घाटन गरिने आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा बताईएको हो ।

बिर्तामोडका व्यवसायी राजु ढकालले सञ्चलनमा ल्याएको नैवेध्य बिर्तामोडमा अन्य रेष्टुरेन्ट भन्दा भिन्न र सफल परिकारसहितको रहने  सञ्चालक ढकालले बताए ।

भोलि उद्घाटन भएको नैवेध्यलाई एक हप्ता सम्म उद्घाटन अवधि बनाएर सेवाग्राहीहरूलाई छुट सुविधा पनि उपलब्ध गराउने उनले बताए ।

१ करोड ५० लाखको लगानी रहेको नैवेध्यमा १८ जनाले रोजगारी पाएका छन् ।  चाइनिज, इन्डियन, नेपाली परिकारलाई नैवेध्यले प्राथमिकतामा राखेको छ ।    
 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
31
+1
7
+1
1
+1
2
+1
5
+1
1
+1
3
Views: 4059

प्रतिक्रिया (०)

सम्बन्धित खबर