Aamsanchar

अहिलेको अवस्थामा बालबच्चालाई यौन शिक्षाको आवश्यकता कति छ ?

Author Image
बिहिवार, मंसिर १५, २०७९

काठमाडौं । हिजोआज शहरी भेगका मात्रै होइन ग्रामीण भेगका बालबालिका समेत इन्टरनेटको सोझो पहुँचमा छन् । भिडियो गेमको लत होस् या त अनलाइन अध्ययनको कारणले बालबालिकाहरुमा इन्टरनेटको पहुँच बढाएको छ । इन्टरनेटको असीमित पहुँचले जति सकारात्मक ज्ञानको पहुँच बढाएको छ, त्यति नै असर पनि पुर्‍याएको मनोविद्हरु बताउँछन् ।

बालबच्चाहरुले इन्टरनेटमा यौनजन्य सामग्रीको धेरै खोजी गर्ने चलन बढेको विभिन्न अध्ययनहरुले देखाएको छ । यसले बालबालिकाको मस्तिष्कमा गम्भीर असर पर्ने गरेको मनोविद्हरु बताउँछन् । मनोविद् करुणा कुँवरलाई हामीले यौनजन्य सामग्रीमा बालबालिकाको सोझो पहुँच हुँदा यसले समाजमा कस्तो असर गर्ने गर्छ ? भनेर सोधेका थियौं ।

अहिलेका बालबच्चामा इन्टरनेट लगायतका माध्यममा यौनजन्य सामग्रीको सोझो पहुँच पुगेको छ । यसले उनीहरुमा कस्तो प्रभाव पारेको होला ?

करुणा कुँवर, मनोविद्

यो सरसर्ती हेर्दा सामान्य देखिएपनि जटिल विषय हो । इन्टरनेट आफैंले कहिल्यै पनि नराम्रो गर्दैन । तर विभिन्न कारणले इन्टरनेटमा खोजिने अनावश्यक विषयले बच्चाको मस्तिष्कमा नकारात्मक असर पुर्‍याउने गर्छ । यसले बालबच्चालाई मात्रै नभएर सिंगो समाजलाई नै गम्भीर असर गर्ने गरेको छ ।

इन्टरनेटको प्रयोग ज्ञान प्राप्तिको लागि गर्दासम्म ठीक छ, मनोरञ्जनको लागि प्रयोग गर्दासम्म पनि ठीक छ । तर यसबाट बाहिर गएर जब बच्चाहरु यौनजन्य सामग्रीको खोजीमा लाग्छन्, त्यसपछि यो उनीहरुका लागि हानिकारक बन्न पुग्छ । इन्टरनेटको दुव्र्यसनीमा लागेका बच्चाको दिमागमा कोकिनले जस्तै असर गर्ने गरेको भेटिएको छ । यस्तो दुर्व्यसनीमा लागेकाहरु एकअर्काप्रति बढी आक्रामक देखिने गर्छन् । त्यसैले इन्टरनेट त्यतिबेलासम्म प्रयोग गर्नु राम्रो हुन्छ, जतिबेलासम्म त्यो हाम्रो लागि सहयोगी बन्छ । यस्तो दुव्र्यसनीले बच्चाहरुमा शारीरिक रुपमा चाहिनेभन्दा धेरै तौल बढ्ने, भावनात्मक रुपमा कमजोर हुने जस्ता समस्याहरु निम्तिने गर्छ ।

उनीहरुले यस्ता माध्यमबाट यौनसम्बन्धी जानकारी लिने वा यौन आशक्ति बढ्ने गरेको त छैन ?

यसबारेमा व्यवस्थित अध्ययन त भएको छैन । हरेक व्यक्तिका इच्छा फरक हुन्छन् । कोहीको इच्छा नयाँ कुरा खोज्नेमा हुन्छ, त कसैको यौन सम्बन्धी जानकारी खोज्ने बानी हुन्छ । यस्ता सामग्रीमा चासो बढ्दै जाँदा यसले दुव्र्यसनी पनि निम्त्याउँछ । त्यो खराब बानीले मान्छेमा आशक्ति बढाउँदै लैजान्छ ।

एकातिर खानपान र जलवायु परिवर्तनका कारण बच्चाहरुमा चाँडै यौन परिपक्वता बढिरहेको छ । अर्कोतिर उनीहरू सोझै यौनजन्य सामग्रीको पहुँचमा छन् । यसले उनीहरुमा यौन विकृतिको जोखिम कति बढाउला ?

यसमा जलवायु परिवर्तनको असर कति छ भन्ने त म भन्न सक्दिन । तर, प्राकृतिक रूपमा समयसँगै मान्छे परिपक्व हुँदै जानु स्वभाविक कुरा हो । आधुनिक प्रविधिको कारणले मान्छेमा नयाँ विधि, शैली र ढाँचाको विकास हुन्छ । यसले राम्रो मात्रै गर्दैन, विकृति पनि निम्त्याउँछ । जसको असर साइबर बुलिङ, यौन हिंसाजस्ता घटनाहरुबाट देख्ने गरिन्छ ।

अहिलेको अवस्थामा बालबच्चालाई यौन शिक्षाको आवश्यकता कति छ ?

अहिलेको समयमा बालबालिकामा यौन शिक्षाको आवश्यकता बढ्दै गएको छ । यौन शिक्षा भन्नेबित्तिकै यौन जीवन कस्तो हुनुपर्छ रु मान्छे यौनको लागि परिपक्व हुँदै गर्दा आइपर्ने झमेलाहरु के(कस्ता हुन्छन् रु यस्ता समस्याबाट बच्न के-कस्ता उपाय अपनाउन सकिन्छ रु भन्ने बारेमा आफ्ना बालबालिकालाई समयमा नै सिकाउनु जरुरी छ ।

कुन उमेरमा यौन शिक्षा दिनु उचित हुन्छ ?

जब मान्छे यौनको लागि परिपक्व बन्न थाल्छ । त्यसपछि बिस्तारै मान्छेमा यससम्बन्धी शिक्षाको आवश्यकता पर्छ । यौन शिक्षा भनेको यौन क्रियाकलाप होइन । यसमा प्रजनन्, मान्छेमा हुने यौन समस्याजस्ता विषय समेट्ने गरिन्छ ।

बालबच्चासँग कसरी यौनको कुरा गर्ने ?

भनिन्छ, सामान्यतया छोराछोरीहरु किशोरावस्थामा पुगेपछि आमाले छोरीसँग र बाबुले छोरासँग साथीको जस्तै व्यवहार गर्नुपर्छ । यौनको विषयमा छोराछोरीसँग कसरी प्रस्तुत हुने भन्ने कुरा आम समस्याको विषय हो । यौनको कुरा गर्दा लिंगअनुसार फरक व्यवहार हुन्छ । सामान्यतया ११-१२ वर्षको उमेरमा मान्छेमा धेरै परिवर्तन हुन्छ । त्यसैले उनीहरुसँग साथीको जस्तै व्यवहार गरेपछि उनीहरुले पनि आफ्नो समस्या सुनाउँछन् र त्यही अनुसार समाधानको उपाय खोजी गर्न सकिन्छ ।

बालबच्चालाई यौनका कुन(कुन पक्षको जानकारी हुनु जरुरी छ ?

विशेषगरी यौन दुर्व्यवहार के हो ? यौन स्वास्थ्यमा ध्यान दिनुपर्ने कुरा के-के हुन् ? मान्छे यौनमा कसरी परिपक्व बन्छ ? यौनसम्बन्धी कानूनी पाटो के-के हुन्छ ? छोरालाई महिलाप्रति कसरी जिम्मेवार बन्ने भन्ने कुरा सिकाउनु जरुरी छ । साभार: अनलाइन खबर ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 182

प्रतिक्रिया (०)

सम्बन्धित खबर