Aamsanchar

झापाको चारपानेमा नारायण गोपाल स्मृति सांगीतिक साँझ आयोजना हुने ​​​​​​​ 

Author Image
शुक्रवार, मंसिर १६, २०७९

चारपाने । स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यको स्मृतिमा झापाको चारपानेमा पहिलो पटक सांगीतिक साँझ आयोजना हुने भएको छ । सरगम संगीतालय को आयोजनामा मंसिर १९ गते साँझ ४ बजे चारपाने चोकमा विशेष सांगीतिक कार्यक्रम गरिने आयोजक संस्थाका प्रबन्धक दीपक रायमाझीले बताए ।

नेपाली संगीत को संरक्षण गर्दै स्थानीय प्रतिभाशाली बालबालिकाहरूलाई सांगीतिक मञ्च मार्फत प्रतिभा प्रस्पोर्टन गर्ने अवसर प्रदान गर्न चारपानेमा कार्यक्रम आयोजना गर्न लागिएको कार्यक्रमका संयोजक नारायण राजवंशीले आमसंचारलाई बताए । वाद्यवादनको टोली दार्जिलिङबाट ल्याइने संयोजक राजवंशीले बताए । 

नारायण गोपालको स्मृतिमा देश विदेशका ठूला शहरहरूमा सांगीतिक कार्यक्रम  आयोजना हुने तर गाउँ चोक बजारमा सांगीतिक कार्यक्रम आयोजना नहुदाँ मोफसलका नव प्रतिभाहरूले आफ्नो प्रस्तुती दिनबाट बञ्चित भइरहेको ले यस वर्ष चारपानेमा नारायण गोपाल साँझ सांगीतिक कार्यक्रम आयोजना गर्ने तयारी गरिएको सरगम संगीतालयका लिला खत्रीले बताए ।

कार्यक्रममा वाल गायिका अनुजा कडरिया लगायत ५ वर्ष देखि ६७ वर्ष उमेर सम्मका ले एकै मञ्चमा गायन प्रस्तुत गर्ने भएका छन् ।

नारायण गोपालको गायन यात्राको सुरुवात
नारायणगोपालले पहिलो पटक त्रि९चन्द्र कलेजको चालीसौँ वार्षिकोत्वस मा आफ्ना परमप्रिय मित्रहरूका आग्रहमा मञ्चमा उत्रिने आँट गरे। जसमा उनी पहिलो पटक तबलावादक भएर प्रस्तुत भए। काठमाडौँ किलागलमा जन्मेका गायक नारायणगोपालको स्वरको पहिचान गर्ने उनकै मित्र माणिकरत्न स्थापित थिए, नजिकैको टोल प्युखामा बस्ने माणिकरत्न र भेडासिङ बस्ने प्रेमध्वज प्रधानले हिन्दी गीतमा स्वराभ्यास गरे तर नारायण गोपालले भने जहिले पनि ठट्टा गरेर हिन्दी गीत बिगारेर गाउने गर्थे। प्रेमध्वज प्रधान र मणिकरत्न भन्छन् उनले हिन्दीलाई नेपाली बनाएर गीतको लय नै बिगारेर गाउथेँ रे।

माणिकरत्नको घर एक किसिमको संगीतशाला जस्तै थियो कारण उनका काका सिद्धिरत्न स्थापित स्वयम् पनि एक कुशल वाद्यवादक थिए। गायक नारायणगोपालको घरमा शास्त्रीय संगीत बाहेक आधुनिक सङ्गीतमा रम्न उनका पिता आशागोपाल गुरुवाचार्यका कारण मनाही थियो। उस्ताद आशागोपाल गुरुवाचार्य आधुनिक सङ्गीतलाई हलुका र रङ्गहीन मान्दथे। प्रेम–माणिकले आफ्नै सङ्गीतमा गाउन सुरु गरिसकेका थिए, त्यसैले नारायणगोपाललाई एउटा नयाँ शैलीको सङ्गीतको जरुरत थियो त्यसैले उनले आफ्नै सङ्गीतमा छ वटा गीत तयार गरे।

ती सबै गीतका गीतकार उनकै सहपाठी कवि रत्नशमशेर थापा थिए। उनले त्यस सङ्कलनमा चारवटा एकल ( स्वर्गकी रानी, आँखाको भाखा आँखैले , भो भो मलाई नछेक, मधुमासमा यो दिल)  र दुइटा युगल – (बिछोडको पीडा र ए कान्छा ठट्टैमा यो बैँस जानलाग्यो ) गीत गाए। यस गीतका सम्पूर्ण रेकर्डिङ भारतको कोलकातामा सम्पन्न भयो। त्यसपछि यी गीतले विस्तारै नेपाल र नेपालबाहिर नेपालीको जनस्थानमा प्रभाव जमाउन थाल्यो। उनी एकाएक नेपाली मूलका प्रमुख स्वर भएर देखापरे। राणाकालबाट मुक्त भएर नयाँ परिवर्तनको लहरमा उभिरहेको नेपालको नयाँ स्वरलाई उनले विस्तारै प्रेम, जीवन र राष्ट्र निर्माणका हरेक गीतबाट उच्चता दिए।

पूर्व पश्चिम राजमार्ग बन्दै गर्दा उनले ‘जाग, जाग चम्क हे नौजवान हो’ वा देशप्रेमबाट प्रभावित भएर ‘आमा ! तिमीलाई जलभरिका औंलाहरूले चुम्न’ जस्ता गीत गाए। यी गीतले नारायणगोपालको गीतको गायन र स्वरको गमकलाई मात्र होइन उनको घनत्वभरि आवाजलाई प्रत्येक नेपाली युवासँग परिचित गरायो। उनी युवा हृदयका प्रिय गायक नै मानिए। उनले त्यसपछि विस्तारै आफ्नो गायनमा परिवर्तनको स्वर ल्याए, उनले गीतको चयन, शब्दको छनौट र भावस्थितिको अध्ययन गरेर नयाँ गीत गाए जसले गर्दा एक्कासि नेपाली गीतको स्तर हिन्दी गीतको तुलनामा अक्कासिँदै गयो।

यस समय नेपाली सङ्गीतमा जम्जमाएर आइरहेका पुष्प नेपाली, बच्चुकैलाश, तारादेवी, अम्बर गुरुङ, प्रेमध्वज प्रधान, नातिकाजी, शिवशंकर आदिका गीतसँग स्पर्श गर्दै नारायणगोपालले नेपाली गीतको आधुनिकतामा एक विशेष आयाम थपे। उनले सुरुवाती चरणमा गाएका गीतबाट बढी जसो श्रोता पछि विस्तारै कवि, लेखक प्रभावित हुँदै गए। उनले आफ्नो गायन शैलीलाई व्यापक बनाउन आफ्ना प्रशंसक, आफ्ना प्रतिस्पर्धी र आफ्ना समकालीनसँग विचारविमर्श गर्न थाले। यसै क्रममा उनको भारतको पश्चिम बँगालस्थित पहाडी राज्य दार्जीलिङको भ्रमाण भयो, बीसको दशकको शुरुवातमा भएको यो भ्रमणले उनले दार्जीलिङबाट दुई कुरा पाए, पहिलो उनलाई अति नै माया गर्ने प्रशंसक पेमलालाई प्रेमीको रूपमा पाए भने त्यहीँ संघर्ष गरिरहेका एक होनहार संगितकर्मी गोपाल योञ्जनलाई एक मितका रूपमा पाए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 99

प्रतिक्रिया (०)

सम्बन्धित खबर