Aamsanchar

कर्णाली (साकोस) ले १ हजार ५४१ जना सदस्यहरूलाई हटाउने र चार जनाको धितो लिलामी गर्ने 

Author Image
शुक्रवार, मंसिर १६, २०७९

बिर्तामोड । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले २२ औं वार्षिक साधारण सभाको प्रतिवेदन सार्वजनिक गरेको छ ।
आज बिर्तामोडको आफ्नै कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फत प्रतिवेदन सार्वजनिक गरिएको हो ।

संस्थाका अध्यक्ष टस बहादुर प्रधान, कोषाध्यक्ष एकराज विष्ट, सदस्यहरू गणेशप्रसाद पराजुली, गुन्जन थापा, जानुका न्यौपाने (ओली), निर्मला पाठक लुँइटेल र सदस्य कुमारी देवी खड्का (भट्टराई) ले संयुक्त रुपमा प्रतिवेदन सार्वजनिक गरेका थिए ।

सहकारी नियम अनुसार कम्तिमा ७ वटा इकाई गत साधारणसभा सम्पन्न गरेर माइनुट प्रमाणिकरण गरेर वार्षिक साधारणसभा सम्पन्न गर्नु पर्ने हुन्छ । जस अनुसार मंसिर २१ गते दमक, २७ गते सुरुंगा, २८ गते उर्लाबारी, पुष ३ गते भद्रपुर, ६ गते धुलाबारी, १४ गते बिर्तामोडमा इकाईगत साधारणसभा गर्ने कर्णले तयारी गरेको छ । सबै ठाउँमा साधारण सभा  आयोजना भइसकेपछि पुष १७ गते बिर्तामोडमै आर्को इकाई साधारणसभा सम्पन्न गरेर २४ गते बिर्तामोडमै माइनुट लेखन तथा साधारणसभा समापन हुने प्रतिवेदनमा उल्लेख छ ।

४९ हजार ४५७ जना सदस्य रहेको सहकारीको २९ स्थानमा सेवा केन्द्रहरू रहेको छ । कर्णालीले प्रदेश १ का तीनवटा जिल्ला झापा, मोरङ र इलाममा गरि २६ वटा पालिकालाई सेवा क्षेत्र बनाएको छ । संस्थाले यधपी ४६ वटा सेवा केन्द्र सञ्चालन गर्ने अनुमति लिएको छ ।

संस्थाले यस साधारणसभाबाट १ हजार ५४१ जना निष्क्रिय सदस्यहरूलाई हटाउने प्रस्थाव ल्याएको छ । ऋण भाका नाघेका ४ जना सदस्य पर्शुराम पोखरेल, चन्द्रकुमारी खड्का,कोपिला कार्की र कुमारी मगरको घितो लिलामी गरेर कर्जा असुली गर्ने प्रक्रिया अघि बढाउने भएको छ । 

संस्थाको वित्तीय प्रगतिमा शेयर पूँजी ४३ करोड ७४ लाख ४ हजार १००, बचत मौज्दात १ अर्ब ८७ करोड २६ लाख ८३ हजार ९३०, जगेडा कोष १० करोड, ७८ लाख ८८ हजार ५०२, अन्य कोष १७ करोड ८३ लाख ७६ हजार ९४१, कर्जा जोखिम कोष ५ करोड ९२ लाख ६१ हजार ४९८, कर्जा सुरक्षण कोष ५ करोड ९८ लाख ९३ हजार ६९७, सदस्य उपचार कोष ३ करोड ६६ लाख १२ हजार ५८४, बैंकबाट लिएको कर्जा १ अर्ब २१ करोड ३१ लाख ७७ हजार ४२४, लगानीमा रहेको रकम ३ अर्ब ४६ करोड ७९ लाख ४० हजार १२६, शेयर लगानी रकम ९४ लाख २ हजार, स्थिर सम्पत्ति १२ करोड ७५ लाख १३ हजार ११३ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 20

प्रतिक्रिया (०)

सम्बन्धित खबर