Aamsanchar

चेतनाथ आचार्यको ‘रुइबा’ उपन्यासलाई अरनिको अन्तर्राष्ट्रिय पुरस्कार – २०७८

Author Image
शुक्रवार, मंसिर २३, २०७९

काठमाण्डौ – गैरआवासीय नेपाली संघको भाषा तथा साहित्य समितिले  अरनिको अन्तर्राष्ट्रिय पुरस्कार २०७८’ साहित्यकार चेतनाथ आचार्यको ‘रुइबा’ उपन्यासलाई प्रदान गर्ने निर्णय गरेको छ ।

तामाङ परिवेशमा आधारित यस कृतिमा लेखक आचार्यले तामाङ पात्र र परिवेशमार्फत गहन विषयलाई पाठकमाझ प्रस्तुत गर्नु भएको छ ।

उपन्यासमा ‘न्याउली’ नामक महिला पात्रको जीवनपर्यन्तको सङ्घर्षलाई बडो मिहिन किसिमले प्रस्तुत गरिएको छ ।

वैदेशिक रोजगारीका नाममा कसरी निमुखा व्यक्तिलाई कहाली लाग्दो कुचक्रमा पारिन्छ भन्ने कुरा निकै प्रखर रूपमा यस कृतिमा उल्लेख गरिएको छ ।

लेखक चेतनाथ अधिकारीलाई गैरआवासीय नेपाली सङ्घले एक विशेष समारोहबीच यो पुरस्कार प्रदान गर्नेछ ।

यसअघि समितिले पुरस्कारका लागि प्राप्त र सिफारिस गरिएका पुस्तकमध्ये उत्कृष्ट पाँच कृति घोषणा गरेको थियो जसमा चेतनाथ आचार्यको ‘रूइबा’, नगेन्द्र न्यौपानेको ‘बर्मा र थाइल्यान्डभित्र नेपाल’ (नियात्रा सङ्ग्रह), अजित उत्सवको ‘आकाश गंगाको किनार’ (कविता सङ्ग्रह), दीपा मेवाहाङ्ग राईको ‘यादको सन्दुक ’ (कविता सङ्ग्रह) र नरेश राईको ‘तेप्लायु’ (कविता सङ्ग्रह) रहेको थियो ।

यो पुरस्कार पहिलोपटक २०७७ सालमा स्थापना गरिएको थियो । पहिलो पटक यो पुरस्कार हरि अधिकारीको ‘संकलित गद्य रचना’लाई प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 195

प्रतिक्रिया (०)

सम्बन्धित खबर