Aamsanchar

आजकाे माैसम पुर्वानुमान

Author Image
सोमवार, मंसिर २६, २०७९

काठमाडौं : देशभरको मौसम सफा रहे पनि सोमबार पूर्वी तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार ती स्थानमा हुस्सु र कुहिरो दिउँसोसम्म हट्ने छ।

दिउँसो प्रदेश १, मधेश र बागमती प्रदेशमा आंशिक बदली रहने छ। अन्य प्रदेशका भू–भागमा भने मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। देशभरको तापक्रम दिनहुँ घट्दै गएकाले चिसोबाट बच्न महाशाखाले आग्रह गरेको छ।

सोमबार बिहान काठमाडौंको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन भएको छ भने सबैभन्दा बढी धनगढीमा २७.८ डिग्री सेल्सियस तापक्रम मापन भएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 153

प्रतिक्रिया (०)

सम्बन्धित खबर