Aamsanchar

 कनकाईमा ‘शैशव प्रशिक्षक’ उत्पादन अभियान सुरु  

Author Image
शनिवार, पौष २, २०७९

कनकाई । झापाको कनकाई नगरपालिका –३ मा आजबाट ‘शैशव प्रशिक्षक’ उत्पादन अभियान सुरु भएको छ ।

हरेक शनिबार दुई महिना सम्म सञ्चालन हुने अभियान अन्तरगतको तालिममा कनकाई नगर क्षेत्रका ३१ जनाबालबालिका र युवाहरूले सहभागिता जनाएका छन् ।

कनकाई ३ को वडा कार्यलयको सभाहलमा सुरु भएको प्रशिक्षणमा वक्तृव कला, ध्यान र तनाव विसर्जन सम्बन्धी तालिम दिइने छ । शैशव मञ्च नेपालले यस अघि अनलाइनबाट तालिम उपलब्ध गराउँदै आएको थियो भने आजबाट भौतिक रुपमा तालिम दिन सुरु गरेको हो ।

शैशव मञ्च नेपालका अध्यक्ष दिवस कार्कीको अध्यक्षतामा सुरु भएको प्रशिक्षणमा  कनकाई वडा नं। ३ वडाध्यक्ष कार्यक्रमका प्रमुख अतिथि युवराज चौलागाइँले यस संस्थाले गरेको काम अत्यन्तै धेरै प्रशंसनीय रहेकाले वडाको तर्फबाट र आफ्नो व्यक्तिगत तर्फबाट सदैव सक्दो साथ र सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

तालिममा शैशव मञ्च नेपालका प्रमुख प्रशिक्षक, मार्गदर्शन नेपाल संस्थाका अध्यक्ष दुर्गा प्रसाईँले तालिममा सहजीकरण गरेका थिए ।

शैशव मञ्च नेपालका संस्थापक सदस्य तथा सामाजिक सञ्जाल विभाग प्रमुख सुवास खनाल, कनकाई नगर बाल सञ्जाल  अध्यक्ष अभिषेक मिश्रलगायतको आतिथ्यता रहेको थियो ।

शैशव मञ्च नेपालका झापा जिल्ला प्रवक्ता  तथा शैशव प्रशिक्षक सन्देश दाहालले स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन शैशव मञ्च नेपालका झापा जिल्ला अध्यक्ष तथा शैशव प्रशिक्षक टिकाराम बास्तोलाले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 217

प्रतिक्रिया (०)

सम्बन्धित खबर