Aamsanchar

सर्वेक्षण अनुसार महिलाहरु रिसाहा बन्दै

Author Image
शनिवार, पौष २, २०७९

प्रतिकात्मक तस्वीर । गुगलबाट

विश्वव्यापी गरिएको एउटा अध्ययनले महिलाहरु रिसाहा बन्दै गएको देखाएको छ ।

विश्वव्यापी रूपमा अध्ययन अनि विश्लेषण गर्ने कम्पनी ग्यालपले गरेको एउटा वार्षिक सर्वेक्षणले पछिल्लो १० वर्षमा महिलाहरु बढी रिसाहा हुँदै गएको देखाएको बीबीसीले जनाएको छ । महिलाहरु रिसाहा हुने क्रम कोरोना महामारीले झनै बढाएको देखाएको छ ।

एक सय ५० वटा देशका एक लाख २० हजार प्रतिनिधि महिलाहरुमा गरिएको अध्ययनले क्रोध, नैराश्य, तनाव अनि चिन्ता पुरुषको तुलनामा निरन्तर रूपमा बढी रहेको देखिएको छ । पहिलो पटक सन् २०१२ मा पुरुषभन्दा महिलाहरु बढी रिसाहा हुने क्रम देखिएकोमा अहिलेसम्म आइपुग्दा त्यो निकै उकालो लागेको देखिएको अध्ययन टोलीको निष्कर्ष छ । महिलाहरु बढी रिसाहा बन्नुको मुख्य कारण आम्दानीमा महिलाहरुको संलग्नता बढेसँगै बाहिरिरुपमा स्वतन्त्रता बढेको तर घरभित्र परम्परागत स्वरुप रहनु देखिएको छ ।

अध्ययन टोलीले एउटा उदाहरण दिँदै लेखेको छ ‘बेलुकीपख सहरमा पुरुषहरु आराम गरेर चियापसलमा चिया पिउँदै गरेको देखिन्छ भने महिलाहरु हातमा तरकारीको झोला बोकेर कार्यालयबाट फर्किरहेको देखिन्छ । यसमा महिलाहरु कमाउन सहभागी भए पनि पुरुषहरु घरको काममा सारथी नबन्दा महिलामा क्रोध थपेको छ ।’ केही महिलाहरुले यस अघि पनि रिस उठ्ने गरेको तर त्यसबेला व्यक्त गर्ने वातावरण नभएको र अहिले केही स्वतन्त्रतासँगै रिस व्यक्त गर्न पाइएको पनि बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 237

प्रतिक्रिया (०)

सम्बन्धित खबर