Aamsanchar

मेचीनगर १४ द्वारा स्वयम् सेवीकाहरूलाई साइकल,ब्याग र छाता उपहार 

Author Image
सोमवार, पौष ४, २०७९

मेचीनगर । गाउँ-टोलमा पुगेर काम गर्न सहज पुर्याउने उद्देश्यले स्वास्थ्य क्षेत्रमा कार्यरत स्वयम् सेवीकालाई झापाको मेचीनगर-१४ ले साइकल, व्याग र छाता वितरण गरेको छ ।
वडाकार्यालयले आइतबार एक कार्यक्रमको आयोजना गरि वडाध्यक्ष बाबुलाल सुब्बाले ५ जना स्वयम् सेवीकालाई एक –एक थान साइकल, व्याग र छाता वितरण गरेको हो ।

वडानम्बर १४ स्थित स्वास्थ्य चौकीमा कार्यरत सामाजिक क्षेत्रमा क्रियाशील स्वास्थ्य स्वयमसेवीका यसोदा खतिवडा, दिव्यकला सिवाकोटी, मञ्जु नेपाल, सीतादेवी खवास र दुर्गादेवी थापालाई साइकल, व्याग र छाता दिएर वडाले सम्मान गरेको जनप्रतिनिधि दिपक सुबेदीले जानकारी दिए ।

वडाले स्वयम् सेवीकाहरुको कामको मूल्याङकन गर्दै यस आर्थिक वर्षको बजेट बाट रु ५० हजार रकम साइकल खरिदको लागि विनियोजन गरेको थियो । निस्शुल्क रुपमा आफ्नो वडामा रहेका बालबालिकाको स्वास्थमा चासो राखेर औषधि वितरण तथा खोप अभियानमा उनीहरु जुटदै आएका छन् ।

वडाअध्यक्ष बाबुलाल सुब्बाको सभापतित्वमा आयोजित कार्यक्रममा वडा सदस्यहरु लालमत मियाँ, दीपक सुवेदी, बिमला सेवा, र फूलकुमारी राजवंशी लगायतले साइकलको चावी, छाता र व्याग हस्तान्तरण गरेका थिए । वडानम्बर (१४ ले पहिलोपटक स्वस्थ्य स्वयम सेवीकाहरुलाई यस किसिमको सम्मान गरेको वडाध्यक्ष सुब्बाले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 162

प्रतिक्रिया (०)

सम्बन्धित खबर