Aamsanchar

यस्ता छन् मसलाको रानी मानिने सुकुमेलका फाइदाहरू

Author Image
बिहिवार, पौष ७, २०७९

काठमाडौं – सुकुमेललाई मसलाको रानी मानिन्छ ।

यसमा अनेक औषधीय गुण पनि हुन्छ । विश्व बजारमा सुकुमेलको माग धेरै नै छ । सुकुमेलको बोट बाह्रै महिना हरियो हुने भएकाले यसलाई बाह्रै महिना हरियो रहने मसला बाली पनि भनिन्छ । नेपालमा सुकुमेलको उत्पादन कुनै–कुनै स्थानमा फाट्टफुट्ट देखिए पनि व्यवसायिक खेती भने अझै हुन सकेको छैन । भारतको केरला, कर्नाटक र तमिलनाडु जस्ता स्थानमा भने यसको खेती हुने गरेको छ ।

सुकुमेललाई मसलाको रुपमा भान्छामा प्रयोग गरिन्छ । यसको प्रयोग तरकारीमात्र होइन खानका विभिन्न परिकार बनाउँदा पनि गर्ने गरिन्छ । चिया पकाउँदा समेत त्यसलाई स्वादिलो र वास्नायुक्त बनाउन सुकुमेलको प्रयोग गर्ने गरिन्छ ।

सुकुमेल बोटमा फल्छ । यसको बोट ५ देखि १० फिटसम्म अग्लो हुन्छ । सुकुमेलको बोटले रोपेको २ देखि ३ वर्षभित्र उत्पादन दिन थाल्छ । समुन्द्र सतहबाट ६०० मिटर देखि १७०० मिटर सम्म यसको खेति गर्न सकिन्छ ।

सुकुमेलको बजार मुल्य करिब ५ हजार ५ सय रुपैयाँ प्रति किलो पर्दछ । सुकुमेल स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । केहि मानिसहरू मुखमा सुकुमेल राख्छन् । यसको प्रयोग मुख गन्हाउने समस्या सामधानका लागि पनि गर्ने गरिन्छ ।

सुकुमेलका फाइदाहरू यस्ता छन् :

१. सुकुमेलले मौसम परिर्वतनका दिनहरुमा घाँटी दुख्ने समस्याहरुलाई निको पार्छ । रुघाखोकी छ भने सुकुमेललाई पिनेर महसँग मिसाएर खाएमा आराम मिल्छ ।

२. मुख गन्हाएको छ भने मुखमा सुकुमेल राख्दा सुकुमेलको वास्नाले गन्ध हराउनुका साथै मुखलाई स्वस्थ राख्ने गर्दछ । त्यसैगरी श्वास गनाउने समस्यालाई सामाधान गरी स्वादलाई बढाउने काम गर्छ ।

३. यदि मानिसलाई कब्जियतको समस्या छ भने सुकुमेललाई पानीमा पकाएर पिउँदा यसले फाइदा गर्दछ । सुकुमेलले पाचन प्रक्रियालाई स्वस्थ बनाउँछ । जसका कारण कब्जियत हुन दिदैनन् ।

४. सुकुमेलमा पोटासियम,क्याल्सियम र म्याग्नेसियम खनिज तत्व पाइन्छ ।

५. छातीमा कफ जमेको छ र सास र्फेन गाह्रो भएको छ भने सुकुमेलको प्रयोगबाट राहत मिल्छ ।

६. बढी तिर्खा लाग्ने र घाँटी पोल्ने समस्या छ भने सुकुमेल मिसाएको पानी पिउँदा राम्रो हुन्छ ।

७. यदि पिसाब सम्बन्धी समस्याहरु छ भने सुकुमेलको प्रयोग फाइदाजनक हुन्छ । कपुर, सुकुमेल र जाइफलको धुलोलाई मिसाएर कुनै कपडामा पोको पारेर बेला–बेलामा सुघ्ने गर्दा पनि शरीरमा रोग प्रतिरोधी क्षमताको विकास हुन्छ ।

८. सुकुमेलको मात्रा मिलाएर प्रयोग गर्दा उच्च रक्तचापका बिरामीहरुलाई रक्तचाप नियन्त्रण गर्न प्रभावकारी हुन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 102

प्रतिक्रिया (०)

सम्बन्धित खबर