Aamsanchar

बिर्तामोडस्थित कृषि बजार स्थापना दिवसमा कोल्डरुम उद्घाटन र रक्तदान

Author Image
शनिवार, पौष ९, २०७९

बिर्तामोड-बिर्तामोडस्थित कृषि बजार व्यवस्थापन समितिले २६ औं स्थापना दिवस मनाएको छ ।

स्थापना दिवसकाे अवसरमा कोल्डरुम उद्घाटन , रक्तदान लगायतका कार्यक्रम गरिएको हो । प्रदेश १  सरकारका कृषि मन्त्री झलकसिंह दर्लामीले कोल्डरुमको उद्घाटन गरे ।कोल्डरुममा प्रदेश सरकार कृषि मन्त्रालयको ७५ प्रतिशत र बजार व्यवस्थापन समितिको २५ प्रतिशत लगानी रहेको छ । प्रदेश सरकार कृषि मन्त्रालयको १ करोड ६३ लाख ६१ हजार ६२७ र कृषि बजार व्यवस्थापन समितिको ५४ लाख ५३ हजार ८७५ गरी कूल २ करोड १८ लाख १५ हजार ५०३ रुपैयाँको लागतमा सो कोल्डरुम निर्माण गरिएको हो । कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष कमलप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा कृषि सचिव मेघनाथ तिम्सिना , कृषि बजारका संस्थापक हर्कलाल गिरी , सल्लाहकार लोकबन्धु कन्दङ्वा ,नेपाली कांग्रेसका जिल्ला सचिव कृष्ण हुमागाईलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा कृषि बजार व्यवस्थापन समितिका सल्लाहकार गोपिचन्द्र गिरी , बिर्तामोड खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष जलकुमार गुरुङ, कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टलगायतको सहभागिता रहेको थियो ।कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष कमलप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा कृषि सचिव मेघनाथ तिम्सिना , कृषि बजारका संस्थापक हर्कलाल गिरी , सल्लाहकार लोकबन्धु कन्दङ्वा ,नेपाली कांग्रेसका जिल्ला सचिव कृष्ण हुमागाई लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा कृषि बजार व्यवस्थापन समितिका सल्लाहकार गोपिचन्द्र गिरी , बिर्तामोड खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष जलकुमार गुरुङ, कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टलगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा कृषि बजार व्यवस्थापन समितिका पुरानो कर्मचारी काशीनाथ अधिकारी ,उत्कृष्ट व्यवसायी चन्द्रबहादुर कट्वाल , बृद्ध व्यवसायी जयलाल राजवंशी , एकल महिला व्यवसायी तिला भण्डारीलाई सम्मान गरिएको थियो ।

त्यस्तै बजार व्यवस्थापन समितिका कर्मचारी मेखबहादुर राईलाई विदाई गरिएको थियो । सोही अवसरमा कोल्डरुम निर्माणमा सहयोग गर्ने कृषि सचिव मेघनाथ तिम्सिना , मन्त्रालयकै अभिमन्यु अधिकारी ,डा. दिपा दियाली , पशुपति पोखरेल र विमला पोखरेललाई पनि सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 160

प्रतिक्रिया (०)

सम्बन्धित खबर