Aamsanchar

होटल व्यवसायी संघ मेचीनगरको भवन शिलान्यास

कोभिडका कारण थला परेको होटल व्यवसाय विस्तारै लयमा फर्किने आशा

Author Image
बुधवार, पौष १३, २०७९

मेचीनगर । होटल व्यवसायी संघ मेचीनगरको दुईतले पक्की भवनको बुधबार शिलान्यास गरिएको छ । मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीले संयुक्तरुपमा भवनको शिलान्यास गर्नुभएको थियो । नोवल कोरोना भाइरस कोभिड १९ का कारण थलिएका होटल व्यवसाय अहिले पनि पूर्णरुपमा सञ्चालनमा आउन नसकेको उहाँहरुको भनाई थियो ।

शिलान्यास पछि आयोजित संक्षिप्त कार्यक्रममा बोल्दैं नगरप्रमुख बुढाथोकीले नोवल कोरोना भाइरस कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि शुरु गरेको लकडाउनको सवैभन्दा धेरै असर होटल व्यवसायमा परेको विचार राख्नुभयो । उहाँले कोभिडका कारण थलिएको होटल व्यवसायी अहिले पनि पूर्णरुपमा लयमा फर्किन नसकेको भन्दैं पुनः कोभिडको संक्रमणको संत्रास फैलिएकाले त्यसबाट बच्न सवैलाई आग्रह गदैं पुनः होटललगयात अन्य व्यवसाय ठप्प हुने कुरामा चिन्ता व्यक्त गर्नुभयो । करोडौ रुपैयाको लगानी गरेर सञ्चानमा रहेका होटल व्यवासाय एकाएक बन्द हुँदा त्यसमा आश्रित संयौ मजदुरको अवस्था दयनिय रहेको र त्यसमा स्थानीय सरकारको ध्यानाकर्षण भएको नगरप्रमुख बुढाथोकीको भनाई छ ।

उपप्रमुख उप्रेतीले विश्वमा महामारीकारुपमा रहेको नोवल कोरोना भाइरस कोभिड १९ का कारण विश्व बन्दाबन्दीको अवस्थामा रहेका बखत विश्वको अर्थतन्त्र डामाडोल बनेको र यसले होटल व्यवसायीलाई समेत नछाडेको बताउनुभयो । होटल ठप्प भएका कारण धेरै होटल व्यवसायीहरु पेशा छाडेर पलायन हुने अवस्थामा पुगे भने त्यहाँ कार्यरत मजदुरहरु बेरोजगार बनेको घटनाले आफुहरु दुखित भएको धारणा राख्नुभयो ।

कोभिड १९ पछि अहिले व्यवसायहरु पुरानै लयमा फर्किन लागेको भन्दैं उपप्रमुख उप्रेतीले होटल र पर्यटन एक अर्काबीच घनिष्ट सम्बन्ध रहेको र आफ्ना होटलमा आउने पर्यटकहरुलाइ राम्रो व्यवहार तथा आफ्नो व्यवसायलाई पर्यटनमैत्री बनाउन समेत आग्रह गर्नुभयो । पूर्वक्षेत्र पर्यटनको प्रश्स्त सम्भावना बोकेकाले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकहरु नगरका होटलमा बस्ने गरेका छन् ।

मेचीनगरमा ६ सयको हाराहारीमा होटल रहेको संघले जनाएको छ । तर, संघमा २ सय २० वटामात्र दर्ता रहेको संघको अध्यक्ष सुरेशकुमार (गोपाल) श्रेष्ठले जानकरी दिनुभयो । यसअघि संघमा तीनसय बढी होटल व्यवसायी दर्ता भएका थिए । कोभिडका कारण अधिकाँश व्यवसायीहरु व्यवसायबाट पलायन भएका तथा आर्थिक कारोवार न्यून भएका कारण धेरैले व्यवसाय नविकरण नगरेका कारण क्रमस संघमा सदस्य संख्या घट्दै गएको उहाँको भनाई छ । नगरमा केही होटलहरु स्टार मझौला तथा साना रहेको र अहिले सवै होटल ठप्प प्राय रहेको सचिव तामाङ्गको भनाई छ ।

नगरमा सञ्चालनमा रहेका एउटा होटलले १० देखि १२ लाख रुपैयाँ सम्म लगानी गरेका छन् । कुनैमा लगानी यो भन्दा बढी छ । ५० प्रतिशत भन्दा बढी होटल भाडामा सञ्चालनमा छन् । केही घरधनीले स्वतः स्फूत रुपमा व्यवासायीहरुलाई घरभाडा छुट दिएर सहयोग गरे पनि लकडाउनका कारण व्यवसाय चौपट्ट बनेका कारण भाडा समेत तिर्ने अवस्था नभएकाले १० देखि १५ जना व्यवसायीले घरधनीलाई होटलका सवै सामान जिम्मा लगाएर व्यवसायबाट पलायन भएको अध्यक्ष संघका सचिव हस्तकुमार तामाङ्गले जानकारी दिनुभयो ।

वर्षौवर्षसम्म होटल व्यवसाय बन्द गर्नुपरेका कारण अहिले होटल व्यवसायीको लागानी वालुवामा पानी भने झै भएको छ । संघका अनुसार नगरका ५० प्रतिशत होटल व्यवसायीहरुले बैंकबाट कर्जा लिएर व्यवसाय शुरु गरेका छन् । अहिले बैंकले कर्जा बुझाउन पटक पटक ताकेता गर्दा व्यवसायीहरु थप मारमा परेको व्यवसायीको भनाई छ ।

होटल व्यवसायीहरुले ठूलो आर्थिक व्ययभार खेप्नु परेका कारण सरकारबाट हुने राहतका लागि आवश्यक पहल गरिदिन स्थानीय सरकार मेचीनगर नगरपालिकालाई आग्रह गरिएको छ । होटल व्यवासायीहरुले सहुलियत व्याजदरमा ऋण, विद्युत, पानी, टेलिफोन महशुल छुट, तथा राहत प्याकेज लगायतका विभिन्न माग राखेर सरकारलाई ज्ञापन पत्र बुझाए पनि कुनै सम्बोधन नभएको उनीहरुको गुनासो छ ।

मेचीनगर ६ काँकरभिट्टास्थित मनमोहन टोलमा संघले खरिद गरेको ६ धुर जग्गामा निर्माण शुरु गरिएको भवनको कुल लागत ३५ लाख रुपैयाँ अनुमान गरिएको संघको अध्यक्ष सुरेशकुमार ‐गोपाल) श्रेष्ठले जानकारी दिनुभयो । स्थानीय सरकार मेचीनगर नगरपालिकाको आर्थिक वर्ष २०७९/२०८० को बार्षिक नगर विकास योजना कार्यक्रम र बजेट अन्तर्गत होटल व्यवसायी संघ मेचीनगर ६ को भवन निर्माणकालागि १० लाख रुपैयाँ विनियोजन गरेको छ ।

६ महिनाभित्रमा निर्माण कार्य सम्पन्न गर्ने गरी भवन निर्माणका लागि ठेक्का लगाईएको अध्यष श्रेष्ठको भनाई छ । शिलान्यास कार्यक्रममा मेचीनगर वडानम्बर ५ का वडाध्यक्ष ललितबहादुर तामाङ, संघका पूर्व अध्यक्ष दीलकुमार पाख्रिन, सचिव नरेन्द्रप्रकाश सिटौलालगायतको सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 39

प्रतिक्रिया (०)

सम्बन्धित खबर