Aamsanchar

पूर्वीनाकामा रहेको छ लेनको नयाँ पुल डेढ वर्षपछि सञ्चालनमा आयो

नयाँ पुल पूर्णरुपमा सञ्चालनमा आएपछि नाकाको अस्तब्यस्तता हट्ने र यात्रीलाई सहज हुने विश्वास व्यक्त

Author Image
आइतवार, पौष १७, २०७९

मेचीनगर।  ०७३ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले मेची नदीमा ५ सय ७५ मिटर लामो ‘मितेरी पुल’ निर्माणमा सम्झौता गर्नुभयो ।

एसिया उपक्षेत्रीय आर्थिक सहयोग–सडक सञ्जाल परियोजना (एसएएसईसी) अन्तर्गत एसियाली विकास बैंक (एडीबी) को एक अर्ब ६० करोड भारु ऋण सहयोगमा भारतले ६ लेनको पुल निर्माणसँगै ५ सय मिटर एप्रोच सडक निर्माण पनि गर्यो ।

तर, पूर्वीनाका काँकरभिट्टाको अन्तर्राष्ट्रिय सीमामा छ लेनको नयाँ पुल निर्माण भएको डेढ वर्षपछि बल्ल आइतबारबाट सञ्चालनमा आएको छ । उक्त पुल सञ्चालनका लागि निरन्तर नेपाल—भारतद्विपक्षीय बैठक भएका थिए । भारतले अघोषित रूपमा ‘सुरक्षा संवेदनशीलता’ को कारण देखाएर राजमार्ग सञ्चालनमा ढिलाइ गर्दै आएका कारण दुवै देशका नागरिकले सास्ती बेहोर्नुपरेको थियो । भारतीय पक्षले मालवाहक ट्रकबाहेक अन्य सवारीलाई उक्त राजमार्ग प्रयोग गर्न निषेध गर्दै आएको थियो ।

काँकरभिट्टाबाट भारतको पानीटंकी नाका जोड्ने मेची नदीमा निर्मित ‘मितेरी पुल’ ५ सय ७५ मिटर लामो छ । निर्माण सम्पन्न भएको यति समय वितिसक्दासम्म पुल सञ्चालनमा आउन नसक्दा सर्वाधारणले सास्ती व्योहोर्न बाध्य थिए भने पुरानो र जीर्ण अवस्थाको मेची पुल अस्तव्यस्त थियो । अब नयाँ पुल सञ्चालनमा आएसँगै धेरेले राहत महशुस गरेका छन् । आइतबार निक्कै तामझामका साथ नेपाल र भारतका अधिकारीहरुले आ— आफ्नोतर्फबाट पुल सञ्चालनको उद्घोष गदैं उद्घाटन गरेका थिए । जहाँ विभिन्न व्यवसायीसहित सर्वसाधारणको उल्लेखिय उपस्थिती थियो ।

नेपालको काँकरभिट्टास्थित मेची भन्सार कार्यालय र भारतको पश्चिम बंगाल राज्यका भन्सार कार्यालयका अधिकारीहरुले दिउँसो १ बजे आ–आफ्नो मुलुकको झण्डा फहराउँदै यातायातका साधनलाई प्रस्थान अनुमति दिएर सो पुल सञ्चालन गरेका थिए ।

मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकले नेपालतिर र भारतको नक्सलबारी भन्सार डिभिजनकी उपआयुक्त छिरिङ शेर्पाले भारततिर पुलको रिबन काटेर पुलको विविधत उद्घाटन गर्नुभएको थियो ।

गत ६ पुस मा सम्पन्न नेपाल र भारतका भन्सार तथा सुरक्षा अधिकारीहरूको द्विपक्षीय बैठकले ‘मितेरी पुल’ सहितको उक्त राजमार्ग सञ्चालन गर्ने सहमति भएको हो । भारतको पानीट्यांकीमा बैठकपछि जारी द्विपक्षीय सहमतिमा भारतको नक्सलबारी भन्सार डिभिजनकी उपआयुक्त ल्हा छिरिङ शेर्पा र मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद पाठकले हस्ताक्षर गर्नुभएको थियो । सोहि सम्झौता अनुसार पुल पूर्णरुपमा सञ्चालनमा आएको हो । एसियाली देशहरुलाई सडक सञ्जालले जोड्ने एसियाली राजमार्ग ६ लेनको मितेरी पुल सञ्चालनमा आउँदा धेरैमा उल्लास छाएको छ ।

पुरानो पुलबाटै सवारी आउजाउ गर्दा यो नाकामा दैनिकजसो ट्राफिक जाम हुँदै आएको र नयाँ वर्षदेखि पुल सञ्चालनमा आएपछि यी सवै समस्या हल हुने नेपाल एशोसिएशन टुर्स एण्ड ट्राभल एजेण्ट्स नाट्टाका १ नम्बर प्रदेश अध्यक्ष उदयकुमार श्रेष्ठको भनाई छ । पुल सञ्चालनमा आए लगत्तै सवारी आवागमन सहज बन्ने अध्यक्ष श्रेष्ठले विश्वास व्यक्त गर्नुभयो ।

‘काँकरभिट्टानाका भनेको भारत, बंगलादेश तथा भुटान वा सार्क मुलुकलाई जोड्ने नाका हो ’उहाँले भन्नुभयो—‘कम से कम पुलबाट विभिन्न मालवहाक सवारी साधन आवचजावत गर्न पाउँदा व्यपार व्यवसायमा समेत बृद्घि हुनुको साथै आर्थिक कारोवार समेत चलायमान बन्छ । ’ दक्षिणतर्फ रहेको पुरानो पुलबाट तीन चक्के टेम्पो, रिक्सा, मोटरसाइक र साइकललाई प्रवेश दिइने भएको छ । पुल उद्घाटनमा जनप्रतिनिधि, उद्योगी व्यवसायी, पर्यटन व्यवसायी, सुरक्षा निकाय र सञ्चारकर्मी, अधिकारकर्मीसहित सर्वाधारणको उपस्थिति थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 112

प्रतिक्रिया (०)

सम्बन्धित खबर