Aamsanchar

वागमती प्रदेश पदाधिकारी हरुले पाउछन आकर्षण सुविधा

Author Image
बिहिवार, पौष २१, २०७९

मुलुक प्रादेशिक संरचनामा गएपछि वागमती प्रदेश सभाका सभामुख र उपसभामुखसहित पदाधिकारीले प्रदेश सभाका अन्य सदस्यभन्दा धेरै प्रकारका सुविधाहरू पाएका छन् । उक्त सुविधाका कारण पनि विभिन्न दलका नेताहरू वागमती प्रदेशमा आकर्षित भएको पाइएको छ ।

वागमती प्रदेश संसद् सचिवालयका अनुसार सभामुखले पारिश्रमिक मात्रै ६१ हजार ४ सय ८० रुपियाँ, उपसभामुख र प्रमुख प्रतिपक्षी दलको नेताले ५८ हजार, सत्ता पक्षका मुख्य सचेतक, समिति सभापति र प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतकले ५६ हजार ८ सय ४० रुपियाँ पाउने व्यवस्था छ।

दलका प्रमुख सचेतक, सत्ता पक्षका सचेतक र प्रमुख प्रतिपक्षी दलका सचेतकले ५४ हजार ५ सय २० रुपियाँ र सदस्यले ५२ हजार २ सय रुपियाँ प्रतिमहिना पारिश्रमिक पाउने व्यवस्था छ। त्यसै गरी पदाधिकारी र सदस्यले प्रदेशसभा बैठक वा कुनै समिति वा उपसमितिको बैठकमा भाग लिएबापत् प्रतिदिन १ हजार रुपियाँ पाउने बैठकभत्ता पाउने व्यवस्था छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 129

प्रतिक्रिया (०)

सम्बन्धित खबर