Aamsanchar

सुनको मूल्य लगातार उकालो

Author Image
बिहिवार, पौष २१, २०७९

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्य लगातार उकालो लागेको छ । आज सुनको मूल्य बढेर एक लाख तीन हजार १०० रुपैयाँ कायम भएको हो ।

पछिल्लो एक साताको तथ्यांक हेर्दा सुनको मूल्य दुई हजार २०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत साताको बिहीबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ९०० रुपैयाँ थियो । त्यसयताका दिन सुनको मूल्य लगातार बढेको छ । बुधबार सुन प्रतितोला एक लाख दुई हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन प्रतितोला एक लाख दुई हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजोको तुलनामा तेजाबी सुन प्रतितोला २०० रुपैयाँ बढेको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 93

प्रतिक्रिया (०)

सम्बन्धित खबर