Aamsanchar

मेचीनगरमा ६३ मुद्धा दर्ता, ५२ वटा किनारा

Author Image
बिहिवार, पौष २१, २०७९

मेचीनगर। मेचीनगर नगरपालिकाको न्यायिक समितिमा आर्थिक वर्ष २०७८/०८९ को असार २० गतेदेखि २०७९ पौष मसान्तसम्ममा विभिन्न प्रकृतिका ६३ वटा मुद्घा दर्ता भएका छन् । न्यायिक समिति संयोजक तथा उपप्रमुख मीना पोखरेल उप्रेतीको सचिवालयका अनुसार सवैभन्दा बढी जग्गा लेनदेन सम्बन्धिका ३४ वटा निवेदन छलफलकालागि दर्ता भएका थिए ।

आर्थिक वर्ष २०७७/०७८ वा २०७८ मंसिरमहिना देखि २०७९ जेष्ठसम्ममा सरिआएका ६१ सहित कुल १ सय २४ वटा मुद्घामध्ये ५२ वटा किनारा लागेका छन् । किनारा लागेकामध्ये सवैभन्दा बढी सिमाना विवादका २१ वटा रहेको उहाँको सचिवालयले जनाएको छ । आर्थिक लेनदेनका १८, पञ्जिकरण सम्बन्धिका ३, अंशवण्डा सम्बन्धि २, भरणपोषण २ तथा बाटो खुलाई पाउ भन्ने ४ वटा निवेदन छलफलका लागि दर्ता भएको बताईएको छ ।

सोहि अवधिमा आर्थिक लेनदेनका ६, मालपोतमा जग्गा रोक्का १७, नाता प्रमाणित २ हकभोग १, बसोबास प्रमाणित २ नहर पैनी कायम १ र जग्गा फुकुवा सम्बन्धि एउटा मुद्घा किनारा लागेको न्यायिक समितिका सदस्य कुन्दन निरौलाले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७७/०७८ वा २०७८ मंसिरमहिना देखि २०७९ जेष्ठसम्ममा सरिआएका अधिकाँश मुद्घा नविकरण गरी सुनवाई भएको निरौलाले जानकारी दिनुभयो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १६ को उपदफा ४ ‐ख) मा नगरपालिकाका उपप्रमुख र गाउँपालिकाका उपाध्यक्षका आठवटा काम, कर्तव्य र अधिकार उल्लेख छ । उपप्रमुख वा उपाध्यक्ष न्यायिक समितिको संयोजक भएर काम गर्नु उसको पहिलो काम कर्तव्य र अधिकार हो । न्यायिक समितिका संयोजक स्थानीय सरकारका न्यायाधीश नै हुन् । जसलाई न्यायामुर्ति पनि भनिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 150

प्रतिक्रिया (०)

सम्बन्धित खबर