Aamsanchar

वीरता लेडी जेसीजको दोस्रो कार्यक्रम शैक्षिक क्षेत्रमा

Author Image
शुक्रवार, पौष २९, २०७९

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको वीरता लेडी जेसीजले विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ । आज (शुक्रबार) बाह्रदशी गाउँपालिका वडा नम्बर ५ मा रहेको घोडामारा आधारभूत विद्यालयका  ७५ जना विद्यार्थीहरूलाई वीरता लेडी जेसीजले न्यानो कपडा ( स्वीटर) वितरण गरेको हो ।

वीरता लेडी जेसीजकी अध्यक्ष संगीता गिरीको अध्यक्षता र नेपाल जेसीज निरूपित उपाध्यक्ष सिनेटर अनुप सुनुवारको प्रमुख आतिथ्यमा न्यानो कपडा वितरण गरिएको थियो ।
बीएण्डसी तथा पूर्वाञ्चल क्यान्सर अस्पतालको सहयोगमा न्यानो कपडा वितरण गरिएको अध्यक्ष संगीता गिरीले बताइन ।

कार्यक्रममा प्रमुख अतिथि अनुप सुनुवार, वीरता लेडी जेसीज पूर्व अध्यक्ष कञ्चना ढकाल सिटौला, बाह्रदशी जेसीजका बर्ष २०२२ का अध्यक्ष पुष्पलाल धमला, बाह्रदशी ५ का वडा सदस्य जयप्रसाद तिम्सिना, शिक्षा सहकारीका अध्यक्ष सुव्रत न्यौपानेलगायतले वीरता लेडी जेसीजले यस कार्यकालको दोस्रो कार्यक्रम शिक्षा र बालबालिकाको लागि गरेकोमा धन्यवाद दिएका थिए ।

वीरता लेडी जेसीज उपाध्यक्ष मुना ढुङ्गेलले स्वागत, कार्यकारी उपाध्यक्ष मेनुका ओलीले औचित्यमाथि प्रकाश, संगीता सुवेदीले आस्था वाचन गरेकी थिइन भने कार्यक्रमको सञ्चालन महासचिव निशा शाक्यले गरेकी थिइन । 

वीरता लेडी जेसीजले पहिलो कार्यक्रम झण्डो तोलन गरेरको थियो । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 168

प्रतिक्रिया (०)

सम्बन्धित खबर