Aamsanchar

 जिल्ला सहकारी संघ झापाद्वारा पत्रकार ढकालसहित सहकारी अभियन्ताहरू सम्मानित

Author Image
शुक्रवार, पौष २९, २०७९

बिर्तामोड । जिल्ला सहकारी संघ झापाले २६ औं वार्षिक साधारणको अवसर पारेर आज (शुक्रबार) सञ्चार र सहकारी क्षेत्रमा आवद्ध व्यक्तिहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ । यस वर्षको उत्कृष्ट सञ्चारकर्मी पुरस्कार पूर्वाञ्चल दैनिकका डेस्क सम्पादक लक्ष्मण ढकाललाई प्रदान गरिएको छ ।

साधारण सभाको अबसरमा डेस्क सम्पादक ढकाललाई १० हजार ५ सय ५५ रुपैयाँ पुरस्कार राशिको पुरस्कार प्रदान गरिएको हो । पुरस्कृत ढकाललाई जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बरालले उक्त पुरस्कारा प्रदान गरेका थिए ।
सहकारी क्षेत्रको वृद्धि र विकासका लागि पत्रकारिताका माध्यमबाट लामो समयदेखि कलम चलाउँदै आएका ढकालले सहकारी आन्दोलनमा समेत उल्लेखनीय योगदान पु¥याएको भन्दै पुरस्कार प्रदान गरिएको थियो ।
त्यस्तै २५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार राशिको झापा सहकारी सम्मान पुरस्कार दीपक प्रकाश बास्कोटालाई प्रदान गरिएको छ । १० हजार ५ सय ५५ रुपैयाँ पुरस्कार राशि सहित पूर्व सञ्चालक सम्मान पुरस्कार हरिकिशोर आचार्यलाई प्रदान गरिएको छ ।

यसैगरी उत्कृष्ट वहुउद्देश्यीय सहकारी संस्थाका रुपमा गणेश वहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बाह्रदशीलाई पुरस्कृत गरिएको छ । सो पुरस्कार सहकारीका अध्यक्ष यज्ञ ओलीलाई प्रदान गरिएको थियो । पुरस्कारको राशि १० हजार ५ सय ५५ रुपैयाँ रहेको छ ।

यता उत्कृष्ट बचत कारोवार गर्ने सहकारीका रुपमा सिम्रिक बचत तथा ऋण सहकारी संस्थालाई पुरस्कृत गरिएको थियो । पुरस्कारको राशि १० हजार ५ सय ५५ रुपैयाँ रहेको छ ।
त्यस्तै उत्कृष्ट कृषि सहकारी संस्थाका रुपमा कमल गाउँपालिकामा रहेको लगनशील कृषि सहकारी संस्था लिमिटेड र उत्कृष्ट कारोवार गर्ने सहकारीका रुपमा नेपाल बहुउद्देश्यीय सहकारी संस्था मेचीनगरलाई पुरस्कृत गरियो । पुरस्कारको राशि १० हजार ५ सय ५५ रुपैयाँ रहेको छ ।

त्यस्तै उत्कष्ठ कर्जा कारोवार गर्ने फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाकी व्यवस्थापक अरुणा राई र विराट वहुउद्देश्यीय सहकारी संस्थाका रुद्र सिटौलालाई प्रदान गरियो । पुरस्कारको राशि ५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ ।
जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संस्थाका वरिष्ठ उपाध्यक्ष महेन्द्र कुमार गिरीले गरेका थिए । कार्यक्रममा सम्मानित व्यक्तित्व बास्कोटा, नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रामचन्द्र उप्रेती लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन संघका सचिव भवानी प्रसाद दंगाालले गरेका थिए ।
अघिवेशनको बन्द सत्रबाट हरिकृष्ण अघिकारी ३ नम्वर क्षेत्रीय सदस्यमा निर्वाचित भएका छन् । उनी एकता वहुउद्देश्यीय सहकारी संस्था हल्दिवारीका अध्यक्ष हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 87

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ आज
शुक्रवार, वैशाख २१, २०८१
नेपाली बजारमा सुनको भाउ
बिहिवार, वैशाख २०, २०८१