Aamsanchar

कनकाई खेलकुद विकास समितिले दियो कैदीबन्दी लाई खेलकुद सामग्री  

Author Image
शुक्रवार, पौष २९, २०७९

कनकाई । कनकाई खेलकुद विकास समितिले झापा जिल्ला कारागार चन्द्रगढीमा रहेका कैदीबन्दीहरूलाई खेलकुद सामग्री वितरण गरेको छ ।

कारागारमा कैदी जीवन बिताई रहेका हरूलाई खेलकुदको माध्यमबाट शारीरिक तन्दुरुस्ती राख्न सकियोस् भन्ने उद्देश्यले कनकाई नगर खेलकुद विकास समितिले ३० हजार मूल्य बराबरको खेलकुद सामग्री वितरण गरेको हो ।

झापा जिल्ला कारागार प्रमुख लय प्रसाद सिवाकोटीको अध्यक्षता र कनकाई नगर प्रमुख राजेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यमा उक्त खेलकुद सामाग्री वितरण गरिएको कनकाई नगर खेलकुद विकास समितिका संयोजक जबिन तिम्सिनाले जानकारी दिए ।

कार्यक्रममा नगर खेलकुद सदस्यहरू राजु पाठक, यदुका उप्रेती (उषा), तुला बि.क. (वकिल), राम पाठक, विजय पाठक, गंगाराम अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 211

प्रतिक्रिया (०)