Aamsanchar

मेचीनगर : जसबाट शिलान्यास उसैबाट उद्घाटन

धाइजन साना किसान कृषि सहकारी संस्था लिको कारोवार आफ्नै भवनबाट

Author Image
शनिवार, पौष ३०, २०७९

मेचीनगर । झापाको मेचीनगर ११ मा रहेको श्री धाइजन साना किसान कृषि सहकारी संस्था लि ले शनिबारबाट आफ्नै नवनिर्मित भवनबाट कारोवार शुरु गरेको छ ।

१ तले चारकोठे पक्की भवन ४ लाख ९० हजार रुपैयाँमा निर्माण भएको हो । निर्माण व्यवसायी पुष्प राजवंशीले निर्धारित समयसीमा भित्र भवनको निर्माण कार्य सम्पन्न गरी संस्थालाई हस्तान्तरण गर्नुभएको थियो । हस्तान्तरण भए लगत्तै कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले विधिवतरुपमा उद्घाटन गर्नुभएको थियो ।

उपप्रमुख उप्रेतीले नै शिलान्यास गर्नुभएको भवन संस्थाको सातौं वार्षिक साधारणसभाको अवसरमा विधिवतरुपमा उद्घाटन भएपछि संस्थाले कारोवार शुरु गरेको हो । कार्यक्रममा बोल्दैं उपप्रमुख उप्रेतीले कार्यक्रममा बोल्दैं प्रमुख अतिथि उप्रेतीले सहकारीका सिद्घान्तलाई मध्यनजर गरी पहिलो प्राथमिकतामा राखेर संस्था सञ्चालन गर्न सके खासै समस्या नआउने बताउनुभयो ।

उहाँले सहकारीका सिद्घान्तबाट बाहिर गएर संस्था सञ्चालन भए कुनै पनि बेला दुर्घटनामा पर्न सक्ने भएकाले त्यसतर्फ सञ्चालकहरु बेलैमा चनाखो हुने स्मरण गराउनुभयो । संस्थाका सञ्चालक सदस्य र कर्मचारीबीच नङ्ग र मासुको जस्तै सम्बन्ध हुनुपर्ने र कर्मचारीले कहि कतै सानो त्रुटि गरे संस्थाप्रति बचतकर्ताको हेर्ने दृष्टिकोण फरक पर्ने भएकाले संस्थाका शेयर सदस्यहरुभन्दा बढि कर्मचारीहरुले संस्थाप्रति जिम्मेवार, अनुशासीत भएर लाग्नुपर्ने उपप्रमुख उप्रेतीको भनाई छ ।

सरकारले सहकारीलाई देशको तीनखम्बे अर्थ नीतिमा समावेश गरेका कारण देशको अर्थतन्त्रमा सरकारी र नीजिक्षेत्रको भन्दा बढि योगदान सहकारीको रहेको बताउँदैं सरकारी,सहकारी र नीजिक्षेत्रले देशको अर्थतन्त्रमा निक्कै टेवा पुर्याएको चर्चा गर्नुभयो । धाइजन साना किसान कृषि सहकारी संस्थाले कृषिको क्षेत्रमा निक्कै प्रगति गरेको र सातवर्षको अवधिमा सदस्य संख्या, शेयर पूँजी, बचत रकम, लगानी रकममा समेत बृद्घि गरेको प्रशंसा गर्नुभयो ।

सवै सहकारीहरु एकआपसमा नफुटी काँधमा काँध र हातमा हात मिलाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले सहकारीले देशको अर्थतन्त्रमा खेलेको भूमिका कसैले पनि भुल्न नहुने भन्दैं सरकारले सहकारीकर्मी, सहकारी सञ्चालकहरुको भवना अनुसार अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

२०७२ साल असार १६ गते ५८ वटा समूहबाट सञ्चालनमा आएको संस्थामा सातौं साधारणसभा आइपुग्दा १ सय ५६ वटा समूह बनेको छ । २ सय ९० जना शेयर सदस्य र ५ लाख ८० हजार शेयर पूजीँबा सञ्चालनमा आएको संस्थामा अहिले ७ सय १३ महिला र १ सय १५ पुरुष गरी कुल सदस्य संख्या ८ सय २८ जना पुगेको संस्थाको अध्यक्ष डम्बरु वल्लभ अधिकारीले सञ्चालक समितिकोतर्फबाट प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।

हाल ७९ लाख ९८ हजार ५ सय शेयर पूजीँ, ५ करोड ७९ लाख ९७ हजार ३६३ लगानी रकम र १ करोड ६३ लाख ७३ हजार ६ सय ६८ बचत रकम रहेको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

साधारणसभाको अवसरमा उत्कृष्ट बचतकर्ता फूलमती मेचे, उत्कृष्ट ऋणि कमला रिजाललाई नगद जनही एक÷ एक हजार रुपैयाँ, सम्मान पत्र प्रदान गरियो भने उत्कृट कृषकका रुपमा शर्मिला इधिङ्गोलाई एकथान पानी हाल्ने पाइप सहित सम्मान पत्र प्रदान गरिएको थियो । ज्येष्ठ शेयर सदस्य महिलातर्फ विसुकुमारी लिम्बु र पुरुषतर्फ भवानीप्रसाद कन्दङ्वालाई जनही ३ हजार ५ सय रुपैयाँसहित दोसल्ला र सम्मान पत्र प्रदान गरिएको थियो ।

साथै कार्यालयको भवनमा आर्थिक सहयोगगर्ने दातालाई समेत सम्मान गरिएको थियो । सवैलाई कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेती, विशिष्ट अतिथि मेचीनगर ११ नम्बर वडाका अध्यक्ष रुद्र डाँगीलगायतले सम्मान गर्नुभएको थियो । संस्थाका सञ्ञ्चालक सदस्य दुर्गाप्रसाद शिवाकोटीले स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाका प्रवन्धक विन्दा मेचेले गर्नुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 211

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनकाे भाउ
शुक्रवार, वैशाख १४, २०८१
नेपाली बजारमा सुनको मूल्य
बिहिवार, वैशाख १३, २०८१
सुनचाँदीको मूल्य
बुधवार, वैशाख १२, २०८१