Aamsanchar

रमेश समदर्शी भए अर्जुनधारा प्रेस क्लवको अध्यक्ष

Author Image
शनिवार, पौष ३०, २०७९

शनिश्चरे ।  अर्जुनधारा प्रेस क्लबको अध्यक्ष पदमा पत्रकार रमेश समदर्शी सर्वसम्मत चयन भएका छन् । अर्जुनधारा नगरपालिका ८ सातपत्रेस्थित क्लबको जग्गामा क्लबको शनिबार आयोजित प्रथम साधारणसभाबाट समदर्शी अध्यक्ष पदमा सर्वसम्मत चयन भएका हुन् ।

साधारणसभाले नयाँ कार्यसमितिको उपाध्यक्षमा प्रेम आचार्य, सचिवमा नरेश खाती, सहसचिवमा उद्वव पुरी र कोषाध्यक्षमा पुष्पा जवेगुलाई चयन गरेको छ । त्यसैगरी सदस्यहरुमा विष्णु श्रेष्ठ, दिपक ढुंगाना, मनिता योञ्जन, सुजाता ढुंगाना, पुरुषोत्तम पौडेल र तिलक योञ्जन चयन भएका छन् । ३ वर्षे कार्यकाल रहने लेखा समितिको संयोजकमा राजन साङपाङ र सदस्यहरु अनिता विष्ट र गणेश थापा चयन भएका छन् ।

प्रेस क्लबका अध्यक्ष कुमार भट्टराईको सभापतित्व तथा अर्जुनधारा नगरपालिकाका मेयर बलदेवसिंह गोम्देनको प्रमुख आतिथ्यता रहेको साधारणसभामा प्रमुख अतिथि गोम्देनले शुभकामना राख्दै क्लबको भवन निर्माण गर्नका लागि आफ्नो कार्यालयबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता गरे । क्लवका उपाध्यक्ष रमेश समदर्शीले स्वागत तथा सचिव प्रेम आचार्यले सञ्चालन गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, विशिष्ट अतिथि एवं अर्जुनधारा नगरपालिका ८ का वडा अध्यक्ष कुमारप्रसाद उप्रेती, जग्गादाता कृष्ण बराल, सल्लाहकार संयोजक दिपिन राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

अध्यक्ष समदर्शी न्यूज सञ्जाल डटकमका सम्पादक तथा सञ्चालक हुन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 19

प्रतिक्रिया (०)

सम्बन्धित खबर