Aamsanchar

सुनकाे भाउ ताेलाकाे १ लाख ५ हजार रुपैयाँ पुग्याे

Author Image
आइतवार, माघ १, २०७९

काठमाण्डाै – सुनको भाउ आज तोलामा १ हजार १ सय रुपैयाँले बढेको छ । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतवार सुनको भाउ तोलामा ११ सय रुपैयाँले बढेर १ लाख ५ हजार रुपैयाँ पुगेकाे हाे । अस्ति शुक्रवार सुन तोलाको १ लाख ३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ तोलामा २५ रुपैयाँले बढेर १ हजार ३ सय ९० रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार चाँदी तोलाको १ हजार ३ सय ६५ रुपैयाँमा किनबेच भएकाे थियो ।

सुनको भाउ केहीसमयदेखि लगातार बढ्न थालेको छ । २०७८ साल फागुन २५ गते भाउ बढेर तोलामा १ लाख ५ हजार ५ सय रुपैयाँ पुगेको सुनको भाउ त्यसयता घटेको थियो । तर, केही दिनयता फेरि भाउ बढेको बढ्यै छ।

पछिल्लो समय विश्व बजारमा नै घरजग्ग्गा र शेयर बजारमा अस्थिरता आएकाले सुनमा लगानी बढेको छ । सुनमा गरिएको लगानी सुनिश्चित हुने भएकाले लगानीकर्ता सुनमा आकर्षित हुने गरेका छन् । यस्तै, बेरोजगारको सङ्ख्या बढ्न थालेकाले पनि सुनको माग र कारोबार बढ्दा भाउ बढेको महासङ्घको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
Views: 144

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ आज
शुक्रवार, वैशाख २१, २०८१
नेपाली बजारमा सुनको भाउ
बिहिवार, वैशाख २०, २०८१