Aamsanchar

 बिर्तामोड उद्योग वाणिज्य संघले  महोत्सव आयोजना गर्ने, सामुदायिक विद्यालयका विद्यार्थी र ज्येष्ठ नागरिकलाई प्रवेश निशुल्क  

Author Image
सोमवार, माघ २, २०७९

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव आयोजना हुने भएको छ । आँउदो फागुन ५ गते देखि १५ गते सम्म बिर्तामोड–२ स्थित चारपाने पूर्व मुख्य राजमार्ग नजिकै महोत्सव आयोजना हुने आज आयोजित पत्रकार भेटघाटमा बताइएको छ ।

नेपालका घरेलु, साना, मझौला, ठूला उद्योगहरूका अतिरिक्त विदेशी बस्तु, पहाडी जिल्लाका खनिजजन्य, कृषिजन्य वस्तुहरूको प्रचार, प्रर्वद्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको वाणिज्य संघका अध्यक्ष प्रकाश सिवाकोटीले बताए ।

५ बिघा क्षेत्रफलमा १६ हजार १५० वर्ग मिटर महोत्सव क्षेत्रले ओगट्ने र २५० वटा बिक्री तथा प्रर्दशनी स्टल रहने छ । महोत्सवलाई चार भागमा विभाजन गरिने छ । जसमा प्रर्दशनी तथा बिक्रीकक्ष, सांस्कृतिक तथा साँगीतिक क्षेत्र, बालउद्यान, मनोरञ्जन खानपानको क्षेत्र बनाइने वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष  एवं महोत्सव संयोजक राजु न्यौपानेले जानकारी दिए ।

प्रर्दशनी कक्षमा दुईवटा हेन्गर अलगअलग परिसरमा बनाई अटोमोबाईल्स, बैंक तथा वित्तिय संस्था, मोबाइल इलेक्ट्रोनिक्स तथा आईटी, निर्माण सामग्री, अन्तर्राष्ट्रिय स्टल, औद्योगिक उपकरण, कृषि तथा जडिबुटी, पर्यटन सम्बन्धी,  दैनिक उपभोग्य बस्तुहरू, हस्तकला तथा तयारी पोशाक तथा जुत्ताचप्पल प्रर्दशनी तथा बिक्रीमा रहने वाणिज्य संघका महासचिव अर्जुन मैनालीले बताए ।
महोत्सवमा बंगलादेश, पाकिस्तान र भारतका प्रर्दशकहरुको समेत सहभागिता रहने छ । अस्टानार्म तथा डोम विधिबाट विशिष्ट खालका स्टलहरुले सजाइने, महोत्सवमा कलाकृतियुक्त मुल प्रवेशद्वार तथा सेल्फी जोनको निर्माण गरिने विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रिय तथा प्रदेशका चर्चित कलाकारको दैनिक प्रस्तुती, फेशन शो, विद्यालय तथा कलाकेन्द्रको विविध सांस्कृतिक कार्यक्रम रहने छ । बालउद्यान क्षेत्रमा विभिन्न शहसिक तथा मनोरञ्जनात्मक खेलहरू रहने छन । खानपान क्षेत्रमा भेज तथा ननभेज फुडकोर्टको स्टल राखिने, मिडिया सेन्टर, कन्फरेन्स हल, फ्रि वाईफाइ जोन, प्राथमिक उपचार, शौचालय, खानेपानी तथा पार्किङ, सुरक्षाको राम्रो व्यवस्थापन गरिने बताईएको छ । प्रदेश सरकार सँगको सहकार्यमा आयोजना हुने महोत्सवमा कुल ५४ करोडको कारोबार हुने उद्योग वाणिज्य संघ बिर्तामोडले लक्ष्य राखेको छ ।

महोत्सव व्यवस्थापनको जिम्मा ललित सिंखडालाई दिइएको छ । महोत्सवमा सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई परिचय पत्र देखाएमा निशुल्क प्रवेशको व्यवस्था मिलाईएको छ । निजी विद्यालयका विद्यार्थीलाई ५० प्रतिशत छुट दिने र ७५ बर्ष माथीका ज्येष्ठ नागरिकलाई पनि निशुल्क प्रवेश दिइने संघ तथा महोत्सव सचिव कुशल खतिवडाले बताए ।   जातिय पहिचान झल्कने स्टल राख्न चहाने जाति तथा समूदयलाई पनि स्टल शुल्क नलिने खतिवडाले बताए ।

व्यवसाियक मन्दी तथा कोरोना बाट प्रताणित अर्थतन्त्रलाई केही हदसम्म भएपनि सुढिृण र चलायमान बनाउन यो महोत्सवले सघाउ पुर्याउने नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य उमेश डालमियाको भनाई रहेको छ ।

पत्रकार भेटघाट कार्यक्रममा निवर्तमान अध्यक्ष कुमार भट्टराई, महिला उपाध्यक्ष नैनकला भट्टराई, सह-कोषाध्यक्ष राधिका हुमागाई, सदस्यहरु जीवनकुमार खड्का, विशाल थापा,  दिपक मित्तलको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन महासचिव अर्जुन मैनालीले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
1
Views: 452

प्रतिक्रिया (०)

सम्बन्धित खबर