Aamsanchar

घोराहीमा आजदेखि क्षमता अभिवृद्धि तालिम शुरु

Author Image
सोमवार, माघ २, २०७९

दाङ । दाङको घोराहीमा सहकारी संस्थाका संचालक समिति, उपसमिती र व्यवस्थापकिय कर्मचारीका लागि दुई दिने क्षमता अभिवृद्धि तालिम आजदेखि शुरु भएको छ । तुलसीपुरमा रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले तालिमको आयोजना गरेको हो ।

तालिम तथा शिक्षा उपसमिति संयोजक जिवराज अधिकारीको अध्यक्षतामा भएको तालिमको उद्घाटन सहकारी संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले गर्नुभएको हो । उहाँले तालिमको उद्घाटन गर्दै संस्थालाई सफल रुपमा संचालन गर्नका लागि क्षमता अभिवृद्धि तालिमको आयोजना गरिएको बताउनुभयो ।

यस्तै संस्थाका सल्लाहकार भरत भण्डारीले तालिमले संस्था संचालनमा महत्वपूणर् भूमिका खेल्ने बताउनुभयो । उहाँले संस्थाको नेतृत्वदायी भूमिकालाई सफल बनाउनका लागि तालिम आवश्यक रहेको बताउनुभयो ।

संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक सुर्यप्रसाद शर्माले तालिममा सिकेका कुरालाई व्यवहार तहमा लागु गर्नुपर्ने बताउनुभयो ।

मंगलबार भोलि सम्म सञ्चालन हुने तालिममा संस्थाका सञ्चालक समिति, विभिन्न उपसिमतिका पदाधिकारी र विभागिय व्यवस्थापकहरूको सहभागिता रहेको छ ।

तालिमको प्रशिक्षकहरूमा राष्ट्रिय सहकारी विकास बैङ्क लुम्बिनी प्रदेश शाखा प्रमुख नारायण बेल्वासे,आन्तरिक राजश्व कार्यालय तुलसीपुरका अधिकृत राजेन्द्र भण्डारी , हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका लेखा सुपरिवेक्षण समिति संयोजक सुर्यप्रसाद शर्मा रहनुभएको छ ।

तालिम तथा शिक्षा उपसमिति सदस्य नोखी रावतको स्वागत मन्तव्यबाट शुरु भएको तालिमको सहजीकरण संस्थाका प्रमुख कार्यकारी अधिकृत जनक भण्डारीले गर्नुभएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 128

प्रतिक्रिया (०)

सम्बन्धित खबर