Aamsanchar

दुईसय पैतालिस जना नेपाली कामदारलाई आर्थिक सहायता 

७ सय ९५ जनाको शव मृतकको घर ठेगानासम्म ढुवानी

Author Image
मङ्गलवार, माघ ३, २०७९

मेचीनगर । नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय वैदेशिक रोजगार बोर्डको सचिवालयले आर्थिक वर्ष २०७८/०७९ मा अंगभंग गम्भीर विरामी भएका २ सय ४५ जना नेपाली कामदारलाई आर्थिक सहायता उपलब्ध गराएको छ । त्यो वर्ष सचिवलायले २ सय ३३ पुरुष र १२ महिला नेपाली कामदारलाई आर्थिक सहायता उपलब्ध गराएको थियो । बोर्डको आर्थिक वर्ष २०७८/०७९ को सार्वजनिक बार्षिक प्रतिवेदनले यसलाई पुष्टि गर्दछ । यो आर्थिक सहायता प्राप्त गर्ने सवै श्रम स्वीकृति लिई वैदेशिक रोजागरीमा गएका कामदारहरु  मध्ये हुन् ।

आर्थिक वर्ष २०७८/०७९ मा अंगभंग गम्भीर विरामी भएका कामदारलाई प्रदान गरिएको आर्थिक सहायताको देशगत विवरण अनुसार सवैभन्दा बढी युएईमा १ महिला र ५२ पुरुष गरी ५३ जना नेपाली कामदारलाई आर्थिक सहायता प्रदान गरेको बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेतीले जानकारी दिनुभयो । विश्वका दशवटा देशमा कार्यरत कामदारलाई यो सहायता प्रदान गरिएको हो ।

सवैभन्दा कम अफगानिस्तान, बरमुडा, साईप्रस, ग्रीस, रोमानिया, सोमालिया देशमा १/१ जनालाई आर्थिक सहायता प्रदान गएिको प्रतिवेदनमा उल्लेख छ । ब्रुनाईमा ५, जोर्डनमा ३, कुवेतमा १०, मलेशियामा ४१, कतारमा ४३, रिपव्लिक अफ कोरीयामा ८, साउदी अरवमा ७१ जना अंगभंग गम्भीर विरामी भएका नेपाली कामदारलाई यो सहायत प्रदान गरिएको प्रतिवेदनमा उल्लेख छ ।

त्यो वर्ष विभिन्न रोगका कारण थलिएका र मृगौला रोगी क्रमस ५२/५२ जनालाई बोर्डले आर्थिक सहायता उपलब्ध गराएको थियो । यसैगरी, क्यान्सर रोग लागेका ४ महिला र २१ पुरुष गरी २५, हिर्दयघातका २ पुरुष, सडक दुर्घटनाका १७ पुरुष र १ महिलान गरी १८, कार्यक्षेत्रमा दुघर्टनामा परी अंगभंग गम्भीर विरामी भएका कामदारलाई आर्थिक सहायता प्रदान गरिएको कार्यकारी निर्देशक उप्रेतीको भनाई छ ।

आर्थिक वर्ष २०७८/०७९ मा अंगभंग गम्भीर विरामी भएका कामदारलाई प्रदान गरिएको आर्थिक सहायताको जिल्लागत विवरण अनुसार नेपालका ५८ वटा जिल्लाका नेपाली कामदारलाई यो सहायता प्रदान गरिएको छ । सहायता प्राप्त गर्ने कुल संख्या मध्ये झापाका ६ पुरुष र १ जना महिला गरी कुल ७ जना छन् । यो सहायता लिने सवैभन्दा बढि सिराहका १३ जना छन् । उनीहरु सवै पुरुष हुन् । त्यसपछि अंगभंग गम्भीर विरामी भएका दोस्रोमा तनहुका र सिराहका ११/११ र तेस्रोमा स्याङ्जा र बागलुङ्ग जिल्लाका १०/१० छन् ।

तीनै जिल्लका सवै पुरुष कामदार हुन् । जाजरकोट, जुम्ला, ताप्लेजुङ, दैलेख, दोलखा, प्युठान, बर्दिया, बाके, बारा, भोजपुर, रामेछाप, रुकुम पश्चिमका १/१ जना नेपाली कामदारले यो आर्थिक सहायता लिएका छन् । ओखलढुङ्गा, गोरखा,धनकुटा, नवलपरासी पश्चिम, पाचथर, म्याग्दी, लम्जुङ,ललितपुर, संखुवासभा, सिन्धुलीका २/२ जना, अर्घाखाची, उदयपुर, बैतडी, रोल्पा जिल्लाका ३/३ जना, इलाम, कपिलवस्तु, खोटाङ, दार्चुला, रोल्पा, सप्तरी, सल्यान जिल्लाका ४/४ जना, गुल्मी, चितवन, दाङ्ग,पर्वत जिल्लाका ५/५ जना, काभ्रे, धनुषा, नुवाकोट सिन्धुपाल्चोक जिल्लाका ६/६, पाल्पा र कास्कीका ७, नवलपरासी पूर्व र धादिङ्गका ८/८,सर्लाहीका ९ जनागरी कुल २ सय ४५ जना अंगभंग गम्भीर विरामी भएका कामदारलाई आर्थिक सहायता प्रदान गरिएको थियो ।

सो अवधिमा ३८ महिला र ७ सय ५७ पुरुषगरी कुल ७ सय ९५ जनाको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मृतकको घर ठेगानासम्म ढुवानी गरिएको प्रतिवेदनमा उल्लेख छ । नेपालका ६६ वटा जिल्लामा मृतकको शव ढुवानी गरिएको हो । सचिवालयको वार्षिक प्रतिवेदन अनुसार सवैभन्दा बढी मलेसियाबाट ८ मलिहासहित २ सय ४७ जनाको शव आएको थियो । दोस्रोमा साउदी अरवबाट ३ महिला र २ सय ३३ पुरुषगरी कुल २ सय ३६ जनाको शव आएको थियो । यूएईबाट १० महिला र ९० पुरुषगरी एकसय, कुवेतबाट ७ महिलासहित ४१ जनाको, ब्रुनाईबाट १० जना पुरुषको शव नेपाल आएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 129

प्रतिक्रिया (०)

सम्बन्धित खबर