Aamsanchar

वीरता लेडी जेसीजको तालिमबाट ३० जना लाभान्वित

Author Image
बुधवार, माघ ४, २०७९

बिर्तामोड ।  झापाको बिर्तामोडमा रहेको वीरता लेडी जेसीजले प्रि इन्डक्सन लोम अफिसर ट्रेनिङ (तालिम) सम्पन्न गरेको छ । जेसीज सम्बन्धी ज्ञान,  पदाधिकारीहरूको काम कर्तव्य र अधिकारको बारेमा जानकारी दिने उद्देश्यले आयोजना गरिएको तालिम वीरता लेडी जेसीजले आज ९बुधबार० बिर्तामोडमा सम्पन्न गरेको हो ।

वीरता लेडी जेसीजकी अध्यक्ष संगीता गिरीको अध्यक्षतामा आयोजित तालिम उद्घाटन समारोहमा  नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको प्रमुख आतिथ्यता रहेको थियो ।

जेसीज सदस्यहरुलाई हरेक बर्ष प्रदान गरिने यस तालिममा यस पटक ३० जना लेडी जेसीज सदस्यहरूको सहभागिता रहेको थियो । तालिमको सहजीकरण नेपाल जेसीजका राष्ट्रिय प्रशिक्षक सेवक बजगाईँले गरेका  थिए ।

तालिममा प्रमुख अतिथि गिरी, नेपाल जेसीज उपाध्यक्ष स्वस्तिका आचार्य, पूर्व अध्यक्ष पार्वता विमलीलगायतले जेसीज अभियानका लागि वर्ष २०२३ को टिकले गरेको कार्यको प्रशंसा गरेका थिए ।

नयाँ कार्यसमितिले गरेको यो तालिम वीरता लेडी जेसीजको तेस्रो कार्यक्रम हो । यस अघि झन्डोत्तोलन र विद्यार्थीहरूलाई न्यानो कपडा वितरण कार्यक्रम गरिएको थियो ।

तालिममा औचित्यमाथि प्रकाश निवर्तमान अध्यक्ष संगीता चिमरिया, आस्था वाचन कोपिला सिटौला, स्वागत मन्तव्य चन्द्रकला रिजालले गरेकी थिइन । कार्यक्रमको सञ्चालन महासचिव निशा शाक्यले गरेकी थिइन ।

चन्द्रकला रिजाल र कोपिला सिटौला तालिम संयोजक रहेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 296

प्रतिक्रिया (०)

सम्बन्धित खबर