Aamsanchar

प्रहरीले लिए फोटोग्राफी सम्बन्धी तालिम

Author Image
बुधवार, माघ ४, २०७९

बिराटनगर । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले प्रहरी कर्मचारीहरुलाई एक दिने फोटोग्राफी सम्बन्धी अनुशिक्षण तालिम प्रदान गरेको छ ।

१ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगरले स्थानिय टेलिभिजनहरुसंग समन्वय र सहकार्य गर्दै प्रहरीद्धारा गरिएका प्रहरी गतिविधि, अपराध सम्वन्धिका खवरहरु, बिभिन्न जनचेतनामूलक सामग्रीहरुका साथै बिविध बिषयमा आम जनमानसमा सचेतना अभिबृद्धी गर्ने उदेश्यले प प्रहरीहरूलाई फोटोग्राफी सम्बन्धी तालिम दिइएको हो । 

तालिममा १ नम्बर प्रदेशका ईलाका प्रहरी कार्यालय “क” स्तर सम्मका प्रहरी कार्यालयमा कार्यरत २–२ जना प्रहरी कर्मचारीहरु गरी जम्मा १०० जनाको सहभागिता रहेको थियो ।

नेपाल टेलिभिजन ईटहरीको प्रावाधिक प्रशिक्षकको सहयोगमा एक दिने फोटोग्राफी तथा भिडियोग्राफी र मोवायलग्राफी सम्बन्धी तालिम प्रदान गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता नविनराज राईले जनाकारी दिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 119

प्रतिक्रिया (०)

सम्बन्धित खबर