Aamsanchar

कथा : कछुवा र भ्यागुतो

Author Image
बिहिवार, माघ ५, २०७९

कछुवा र भ्यागुतो मिल्ने साथी थिए। एक दिन भ्यागुतोले समुन्द्रको कुरा उठायो। कछुवाले भन्यो– हामी बस्ने समुन्द्र त विशाल हुन्छ नि। यो सुनेर कछुवालाई रिस उठ्यो। त्यसपछि भ्यागुतोले इनारको पाँच चक्कर लगायो। अनि, कछुवालाई सोध्यो– के समुन्द्र इनारभन्दा पनि ठूलो हुन्छ भ्यागुतो फेरि इनारको चक्कर लगाउन थाल्यो। २५ चक्कर लगायो। फेरि कछुवालाई सोध्यो– योभन्दा पनि ठूलो हुन्छ भ्यागुतो फेरि इनारको चक्कर लगाउन थाल्यो। सकी नसकी इनारको ७५ वटा चक्कर लगायो।

यति गर्दां भ्यागुतो निकै थाकिसकेको थियो। मुटु ढुकढुक भएको थियो। श्वास फेर्न पनि गाह्रो भइरहेको थियो। यत्तिकमा फेरि उसले कछुवालाई सोध्यो– के तपाईं बस्ने समुन्द्र योभन्दा पनि ठूलो छ ?   कछुवाले फेरि भन्यो, ‘योभन्दा पनि ठूलो हुन्छ। जति फन्का लगाए पनि भ्यागुतोले आफूले खोजेजस्तो जवाफ पाएन।

त्यसपछि भ्यागुतो रिसाउन थाल्यो। अनि, कछुवालाई भन्यो, ‘तपाईंले मसँग मजाक गर्नुभयो। तपाईंको दिमाग न ठीक छ। मैले इनारमा चक्कर लगाए जति ठूलो समुन्द्र हुन सक्दैन।’ त्यसपछि रिसले रन्थनिँदै भ्यागुतो इनारभित्र पस्यो। कछुवा भने के गर्ने, के गर्ने भन्ने रनभुल्लमा पर्‍यो। तर पनि भ्यागुतोको तर्कसँग सहमत हुन नसक्ने भन्द आफ्नो बाटो लाग्यो।नैतिक शिक्षा : जसको बुद्धि जति छ, उसले त्यति न कल्पना गर्ने हो। तर सत्यका विषयमा कसैसँग सम्झौता गर्नु हुँदैन।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
1
Views: 212

प्रतिक्रिया (०)

सम्बन्धित खबर