Aamsanchar

कनकाईमा अब अझ चुस्त दुरुस्त सेवा प्रवाह हुन्छ: न्यौपाने

Author Image
बिहिवार, माघ ५, २०७९

कनकाई ।  झापाको कनकाई नगरपालिका नागरिकलाई छिटो छरितो चुस्त दुरुस्त सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अभियानमा जुटेको छ ।
नगरबाट प्रवाह हुने हरेक प्रकारका सेवासुविधा नागरिकसम्म सहज एवम् थप प्रभावकारी रुपमा पु¥याउने अभियानमा नगरपालिका जुटेको हो । जसका लागि नगरपालिका सबै तहका जनप्रतिनिधि र कर्मचारीको क्षमता विकास हुने खालका तालिम र प्रशिक्षण आयोजना गरिएको छ ।

नगरले पाएको छ एक कर्मठ प्रमुख प्रशासकीय अधिकृत 
‘नगरपालिकामा आउने सेवाग्राहीलाई छिटो भन्दा छिटो सेवा प्रदान गरिरहेका छौं, कोही पनि, कुनै पनि काम भएन भनेर पर्खिनु र फर्किनु नपरोस् भन्ने हाम्रो मुख्य उद्देश्य हो’, नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेको भनाई छ । न्यौपानेले थप्दै भने ‘कामको प्रकृतिका आधारमा सेवा प्रवाहको मापदण्ड बनाएर लागू गर्ने तयारी भइरहेको छ । “मुख्य उद्देश्य सामूहिक संस्थागत क्षमता विकास नै हो”, “टिमवर्क बृद्धि गरी गुणस्तरीय सेवा प्रवाह गर्नु हो ।”

पुस २५ गते नगरका ५० जना जनप्रतिनिधिलाई एक दिने प्रशिक्षण दिइएको छ । जनप्रतिनिधिको काम, कर्तव्य, अधिकार, समय व्यवस्थापन, आचरण, व्यवहार, योजना तर्जुमा, भूमिका लगायतका विषयमा प्रशिक्षण दिइएको प्रशासकीय अधिकृत विवेक भण्डारीले जानकारी दिए । त्यस्तै, पुस २६ र २७ गते कार्यालय सहयोगी, चालक, सरसफाइ लगायतका ४७ जनालाई तालीम दिइएको छ । उनीहरूलाई आचरण, व्यवहार, अनुशासन, उत्प्रेरणा लगायतका विषयमा तालीम दिइएको अधिकृत भण्डारीले बताए ।

माघ ३ र ४ गते नगरका शाखा प्रमुख, वडा सचिव लगायत ६७ जनालाई तालीम दिइएको छ । उनीहरूलाई काम, कर्तव्य, अधिकार, कार्यालयगत संरचना लगायतका विषयमा तालीम दिइएको हो । सबै तालीम तथा प्रशिक्षण स्थानीय शासन विज्ञ तारानाथ निरौलाले प्रदान गरेको कर्मचारी विजय पाठकले जानकारी दिए ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 331

प्रतिक्रिया (०)

सम्बन्धित खबर