Aamsanchar

झापा : छ महिनामा सवारी दुर्घटना परी ६८ जनाको मृत्यु, १ सय जना गम्भिर घाइते

Author Image
शुक्रवार, माघ ६, २०७९


झापा- झापामा छ महिनाको अवधिमा ५९६ वटा सवारी दुर्घटना भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले दिएको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०७९/०८० को साउन महिनामा ८३, भदौमा ९४, असोजमा १ सय ७ , कार्तिकमा ११० वटा, मंसिरमा ८८ वटा र पौसमा ११४ वटा सवारी दुर्घटना भएको हो ।

दुर्घटनामा सबैभन्दा धेरै ३९२ वटा मोटरसाइकल संलग्न छ । छ महिनाको अवधिमा जीप र कार ५२ वटा, साईकल र ठेला ५२ वटा, टेम्पु ३६ वटा, बस २७ वटा, ट्याक्टर १४ वटा, टिपर ६ वटा, माइक्रो १ वटा र अन्य एक वटा सवारी दुर्घटनामा परेको ट्राफिक प्रहरीको तथ्यांकमा उल्लेख छ ।

साउन देखी पौस सम्म ६ महिनाको अवधिमा मात्रै दुर्घटनामा परेर ६८ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख असोक कुमार जवेगुले जानकारी दिए । उनका अनुसार त्यस अवधिमा १०० जना गम्भिर घाइते र ५६६ जना सामान्य घाइते भएका छन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 122

प्रतिक्रिया (०)

सम्बन्धित खबर