Aamsanchar

थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि

Author Image
शनिवार, माघ ७, २०७९

काठमाडौं : थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।पछिल्लो २४ घन्टामा देशभरबाट १७२७ नमूना परीक्षण गर्दा एकजनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट १०६ र एन्टिजेनबाट १६२१ जनाको परीक्षण गर्दा एक नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

यो अवधिमा २ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या २५ पुगेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 95

प्रतिक्रिया (०)

सम्बन्धित खबर