Aamsanchar

झापा : छ महिनामा सवारी कारवाहीबाट डेढ करोड भन्दाबढी राजस्व संकलन, मोटरसाईकल परे धेरै कारवाहीमा

Author Image
आइतवार, माघ ८, २०७९

फायल तस्बिर

झापा- जिल्लामा ६ महिनाको अवधीमा सवारीका साधन कारवाहीबाट डेढ करोड भन्दाबढी राजस्व संकलन गरिएको छ । ६ महिनामा २४ हजार भन्दा बढी सवारी साधन कारवाहीमा पर्दा डेढ  करोड भन्दा बढी राजस्व संकलन भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/०८० को पौस सम्ममा २४ हजार ५० वटा साना ठूला सवारीसाधन कारवाहीमा पर्दा एक करोड ६९ लाख ८१ हजार ५०० रुपैंया राजस्व संकलन भएको हो ।

झापामा सबै भन्दा धेरै कारवाहीमा पर्ने सवारी साधनमा मोटरसाईकल रहेका छन् । साउन देखी पौस सम्ममा ७ हजार ८ सय ४२ वटा मोटरसाईकल कारवाहीमा परेका छन् । जसबाट ५३ लाख १९ हजार ५०० राजस्व संकलन भएको छ । सोहि अवधीमा ६ हजार ३० वटा जीप,कार र भेन कारवाहीमा पर्दा ३७ लाख ९ हजार ५ सय, ५ हजार ७ सय ३० ट्रक कारवाहीमा पर्दा ५१ लाख ७८ हजार राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । यस्तै १ हजार ३ सय ९६ अटोर टेम्पो र सफारी कारवाहीमा पर्दा ८ लाख १४ हजार ५ सय राजस्व संकलन भएको छ । १ हजार २ सय ५० ओटा ट्याक्टर कारवाहीमा पर्दा ७ लाख ६६ हजार ५ सय रुपैँया, १ हजार १ सय ९७ बस कारवाहीमा पर्दा ८ लाख २९ हजार, ७ सय ९७ वटा टिपर कारवाहीमा पर्दा २ लाख ९९ हजार र १ सय ८ वटा अन्य सवारी कारवाहीमा पर्दा ६५ हजार ५ सय राजस्व संकलन भएका छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर