Aamsanchar

लियो क्लव र पबमास द्वारा पुस्तकालय स्थापना

Author Image
आइतवार, माघ ८, २०७९

लियो जिल्ला परिषद ३२५ आई नेपाल अन्तर्गत पर्ने  लियो क्लब अफ लेखनाथ ७ लेकेसिटी र पोखरा विश्वविद्यालय वायोमेडिकल विद्यार्थी संगठनको (PUBMAS) को सहकार्यमा पुस्तकालय स्थापना भएको छ ।
हिजो (शनिबार) पोखरा–१९, लामाचौरमा अवस्थित  ॐ कल्याणी बाल आश्रममा पुस्तकालय स्थापना गरिएको हो ।

पुस्तक खरिद महँगो र चाहेको पुस्तकहरू सहज रुपमा उपलब्ध नहुने समस्याका कारण सर्वसाधारणहरूले पठन कार्य गर्न नसकी रहेको र विभिन्न प्रविधिले गर्दा पढ्न कार्यमा रास आइरहेको अवस्थालाई मध्यनजर गरेर पठन कार्यको विकास गर्ने उद्देश्यले पुस्तालय स्थापना गरिएको लियो क्लबका अध्यक्ष तथा कार्यक्रममा सभाध्यक्ष किरण सुवेदीको बताए ।

लायन्स क्लब इनटरनेशनल ३२५ आई नेपाल बर्ष २०२२/२३ का जिल्ला पिङको तथा  लायन्स क्लब अफ लेखनाथ ७ लेकेसिटीका संस्थापक अध्यक्ष लायन शिवप्रसाद भण्डारी को प्रमुख आतिथ्यमामा पुस्तकालय उद्घाटन गरिएको थियो ।

उक्त कार्यक्रममा लायन्स क्लब अफ लेखनाथ ७ लेकेसिटीका अध्यक्ष लायन गोविन्द लामिछाने, लियो जिल्ला परिषद् ३२५ आई नेपालका जिल्ला उपाध्यक्ष लियो राजनबाबु ढुंगाना, लियो क्लब अफ लेखनाथ ७ लेकेसिटीका निवर्तमान अध्यक्ष तथा क्षेत्रीय संयोजक  लियो अमृत पौडेल, पबमास वर्ष २०२२/२३ का अध्यक्ष रोशन पाण्डे , कल्याणी बाल आश्रमकी सञ्चालिका कुमारी भवानी लगायतले पुस्तकालयको आवश्यक र औचित्यको बारेमा आफ्नो धारणा राखेका थिए ।

लियो क्लब अफ लेखनाथ ७ लेकेसिटीका प्रथम उपाध्यक्ष लियो प्रसन्न सापकोटाले स्वागत मन्तव्य राखेका थिए ।

आश्रममा अभाव भएको कुरा सहयोग पुगोस् भनेर तिन सय थान किताब, किताब रयाग् , खेलकुद साम्रग्रीमा फुटबल ब्याडमिन्टन ,कापी, डटपेन, तथा  बिभिन्न शैक्षिक साम्रग्री हस्तान्तरण गरिएको छ ।
कार्यक्रमको समापन गर्दै अध्यक्ष सुवेदीले शिक्षाले नै मानिसलाई सिँगार्छ अनि योग्य बनाउँछ र यस लाइब्रेरीमा भएका किताबलाई भरपुर प्रयोग गर्न आग्रह गर्दै थप लाई ब्रेरिलाई अपडेट गर्दै लैजान सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
लियो सुस्मिता बरालले कार्यक्रम सञ्चालन गरेकी थिइन, उक्त कार्यक्रमको संयोजक कृष्ण बस्ताकोटी रहेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 16

प्रतिक्रिया (०)