Aamsanchar

दुई युवाको भारतमा अपहरणपछि हत्या भएपछी धनुषामा विरोध प्रदर्शन

Author Image
सोमवार, माघ ९, २०७९

जनकपुरधाम : जनकपुरधामका दुई युवाको भारतमा अपहरणपछि हत्या भएपछि परिवारले जिल्ला प्रहरी कार्यालय धनुषामा विरोध प्रदर्शन गरेका छन्।

मृतकका आफन्त र स्थानीय बासिन्दाले आफूले मृत्यु हुनुभन्दा पहिला नै प्रहरीलाई खबर गरे पनि प्रहरी प्रशासनले आवश्यक चासो नदिएको भन्दै विरोध जनाएका हुन्। १४ दिनदेखि सम्पर्कविहीन जनकपुरधाम उपमहानगर-८ का २१ वर्षीय रोहित साह र वडा नं. १३ निवासी २२ वर्षीय विष्णु साहको अपहरणपछि भारतमा हत्या भएको थियो।

मृतक दुवैजना एकै परिवारका हुन्। रोहित विष्णुलाई लिएर भारतको सीतामढी जिल्लाको बेला परिहार बस्ने नातेदारका घर गएका वेला अपहरणकारीले अपहरण गरी परिवारसँग फिरौतीको माग गरेका थिए। फिरौतीको रकम बढाउँदै गएपछि परिवारले प्रहरीलाई खबर गरेको थियो।

त्यसपछि भारतीय सीमा गाउँमा उनीहरू दुवैको हत्या भएको थियो। गत सोमवारसम्म विष्णुका परिवारलाई फिरौतीको मागसहित भारतीय नम्बरबाट फोन आइरहेको र शुरुमा २० लाख मागेको अपहरणकारी विष्णुसँग कुरा नगराए पनि उनको आवाज रेकर्ड गरेर उनका आफन्तलाई सुनाउने गरेको आफन्तले बताएका छन्।

विष्णुको परिवारले अपहरणकारीलाई २० लाख दिन राजी भएपछि परिवारले प्रहरीलाई जानकारी गराएको थियो। मंगलवारदेखि अपहरणकारीको मोबाइलमा सम्पर्क हुन छोडेपछि आफन्तहरूले प्रहरीमा खबर गरेका थिए। मृतकका मामाले प्रहरीलाई पहिला नै हराएको र अपहरणमा परेको रिपोर्ट दिए पनि प्रहरीले नै चासो नदिएको आरोप लगाए। उनले जिल्ला प्रहरी कार्यालय धनुषाको लापरबाहीका कारण आफन्तले ज्यान गुमाउनुपरेको बताए।

विरोध प्रदर्शनमा उनीहरूले मृतकलाई न्याय दे, गृहमन्त्री राजीनामा दे जस्ता नारा लगाएका थिए।

उनले प्रहरीले पीडित पक्षले कुनै रिपोर्ट नगरेका कारण खोज्न गाह्रो भयो भनेर ढाँटेको बताए। उनले अपहरणकारीले पठाएको रेकर्ड अडियो हरेक पटक प्रहरीलाई दिएको बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 144

प्रतिक्रिया (०)

सम्बन्धित खबर