Aamsanchar

बाल सुबोधनीको अध्यक्षमा राजवंशी, ११ र १२ कक्षा अध्यापन गराउने प्रतिबद्धता 

Author Image
सोमवार, माघ ९, २०७९


मेचीनगर । झापाको मेचीनगर-१४ स्थित बाल सुबोधनी माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा मुनिलाल राजवंशी चयन भएका छन् ।
विद्यालयमा मंगलबार आयोजित भेलाले राजवंशीसहित ९ सदस्यीय कार्यसमिति चयन गरिएको हो । अध्यक्ष राजवंशी माओवादी केन्द्र मेचीनग-१४ का अध्यक्षसमेत हुन् ।
सचिवमा विश्व थापा, सदस्यमा निर्मला न्यौपाने, सखरलाल राजवंशी, लोकेश्वर चौधरी, खिनमाया सुवेदी, मुना फुँयाल, मित्रलाल काफ्ले, फुलकुमारी राजवंशी चयन भएका छन् । अधिकांश आदिवासी विद्यार्थीको पठनपाठन हुँदै आएको छ ।

यो वडा आदिवासीको बाहुल्य भएको वडा हो । आदिवासी प्रायः विपन्न नै छन्, अध्यक्ष राजवंशीले भने ‘अन्य विपन्न वा सम्पन्न सबैका लागि यहाँ कक्षा १० सम्म मात्रै अध्यापन गराउँदै आएको छ । कक्षा ११ र १२ पढ्न विद्यार्थी अर्कै विद्यालय जानुपर्ने बाध्यता छ । अब विद्यालयको चौतर्फी विकास गर्दै कक्षा ११ र १२ को पठनपाठन पनि यहीँ गराउने विषयमा लागि पर्नेछु ।झ
विद्यार्थीको गुणस्तरीय पठनपाठन, टाढाबाट आउने
विद्यार्थीलाई स्कुल बसको ब्यवस्थापन लगायत आन्तरिक व्यवस्थापनमा आफू लागिपर्ने अध्यक्ष राजवंशीको भनाई छ ।

कोरोनाका कारण वार्षिक उत्सव हुन नसकेकाले आगामी माघ १५ गते वार्षिक उत्सवको तयारी गर्नेसमेत जानकारी दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 114

प्रतिक्रिया (०)