Aamsanchar

फेरि बढ्याे सुनकाे भाउ, आज नयाँ मुल्य रेकर्डमा हुँदैछ काराेवार

Author Image
बिहिवार, माघ १२, २०७९

काठमाडौं : नेपाली बजारमा मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। आज सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो।

हिजो प्रति तोला १ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ७ सयले बढेर १ लाख ६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ६ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ८० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले बढेको हो।  बुधबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 134

प्रतिक्रिया (०)

सम्बन्धित खबर